दमकमा २ बजेसम्म ३७ प्रतिशत मतदान, आजैबाट गणना शुरु गरिने

मतदान गर्दै दमक नगरको उपमेयरका उम्मेदवार रेगिना भट्टराई

दमक / दमकमा २ बजेसम्म ३७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । दमकका सबै मतदान स्थलमा समाचार तयार पार्दासम्म शात्तिपूर्ण मतदान भइरहेको छ । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ ।

आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार आज दिउँसो २ बजेसम्म ३७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदानकार्य भइरहेको जनाइएको छ।

मुलुकभर ७५३ पालिकामध्ये कपिलवस्तुको एक पालिकाबाहेक सबै पालिकाका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ।

 

शुक्रबार, ३० बैशाख, २०७९, दिउँसोको ०२:४२ बजे

सम्बन्धित खवर