निर्वाचन आयोगले भन्यो– ‘आजैबाट मतगणना गर्नु’

काठमाडौं, वैशाख ३० / स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि शुक्रबार साँझबाट मतगणना सुरु हुने भएको छ ।

शुक्रबार अपराह्न ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनकारी दिए ।

मतदान सकिएका स्थानमा गणना स्थललाई मजबत बनाएर आजैबाट गणना शुरु गर्न भनेका छौं, केहि अप्ठ्यारा बाहेकस्थानमा आजै गणना शुरु हुन्छ उनले भने ।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदानकार्य भइरहेको जनाइएको छ । मुलुकभर ७५३ पालिकामध्ये कपिलवस्तुको एक पालिकाबाहेक सबै पालिकाका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

शुक्रबार, ३० बैशाख, २०७९, दिउँसोको ०३:१७ बजे

सम्बन्धित खवर