दमकमा मतगणनाको तयारी, मतपेटिका संकलन गरियो

  दमक /  झापाको दमक नगरपालिकाको पनि आजै मतगणना कार्य सुरु गर्ने तयारी भएको छ । सबै मतदान स्थलबाट मतपेटिका दमक नगरपालिकाको कार्यालयमा जम्मा गर्नै कार्य भएको छ ।

दमकका निर्वाचन अधिकृत केशव प्रसाद पन्तका अनुसार मतपेटिका संकलनको काम भइरहेको छ, करिब ११ बजे रातीबाट मत गणना शुरु गर्नेगरी तयारी गरिरहेको बताए ।

मतपेटिका संकलन भएपछि सर्वदलीय छलफल गरेर मतगणना सुरु गरिने उनले बताए । दमकका सबै मतदान केन्द्रमा विवादरहित र सौहार्दपूर्ण बातावरणमा मतदान भएको उनले जानकारी दिए ।

शुक्रबार, ३० बैशाख, २०७९, साँझको ०६:४४ बजे

सम्बन्धित खवर