नेपाली राजनितीमा सधैं चर्चाको केन्द्र मात्र नभई गाली र तालीको केन्द्रबिन्दु पनि डा. बाबुराम भट्टराई

नेपाली ईतिहास र शाहबङ्शिय उद्गम स्थल र बिखन्डित राज्यलाई एकिक्रिती गर्ने त्यो बेलाका राष्ट्रपिताले शासन गरेका ठाउँ गोर्खा र त्यही जिल्लाको खोप्लाङ्मामा जन्मिएका डा. बाबुराम भट्टराई सामान्य परिवारमा जन्मिए । त्यही गाउको स्कुल अमर ज्योति माबीमा पढे र सधैं प्रथम हुने भट्टराई सन१९७० को एस.एल.सी बोर्ड फर्स्ट भए,त्यो बेलामा अहिले जस्तो सोसियल मिडिया,एफएम,रेडियो र टिभीहरु प्रसारण अहिले जस्तो प्रसस्त थिएन तथापी उनी त्यही बखत देखि चर्चाको केन्द्र बने र थोरै प्रकाशित पत्रीकाले पछी फोटो सहित बोर्डफर्स्ट भनेर छापे ।

त्यस्को २ बर्ष पछी सन १९७२ म पुन्ह बिज्ञान बिषय पढेर उच्च माद्यामिक तहमा पनि नेपाल टप गरे,जस्ले उनको चर्चा निरन्तर कायम रह्यो र क्रमश उनी चर्चाको शिखरमै रहन सफल भए। शैक्षिक जिबनमा निरन्तर शिखर चढी रहे। पढाईलाई निरन्तरता दिने क्रममा स्कलर्शिपमा भारतको चन्डिगदबाट सन १९७७ मा अर्केटेक्चरमा स्नातक बिशिस्ट श्रेणीमा पास गरे । स्नातक गरे पछी थप उच्च अध्ययन गर्ने क्रममा भारतमै अध्ययनरत विद्यार्थीहरुको सङ्ठनको निर्माण गरे जुन पढाई पछीको पहिलो राजनैतीक यात्रा थियो,त्यही संगठनको उनी सस्थापक सभापति पनि बने।पढाईलाई निरन्तरता दिदै भट्टराई दिल्ली स्कुल अफ प्लानिङ अर्कटेक्चरमा स्नाकोतर गरे। त्यही समय हिसिलासँगको भेटघाटलाई प्रेममा परीनत गर्दै पछी बिबाह पनि गरे। त्यस पश्च्यात सन १९८६मा जेएनयु नयाँ दिल्लीमा उनले पिएचडी पुरा गरे। उनले पिएचडीमा लेखेका थेसिस त्जभ ल्बतगचभ या ग्लमभचमभखभयिऊभलत ७ च्भनष्लब िक्तचगअतगचभ या ल्भउब िजुन थेसिस पछी पुस्तकको रुपमा प्रकाशित पनि गरे ।

राजनैतीक यात्रालाई निरन्तर दिनको लागि नेपाल कम्युनिस्ट पार्टी मसालको सकृय सदस्य बने र सन१९९१ म पार्टी फुटे उनी नेपाल कम्युनिस्ट पार्टी केन्द्र तिर लागे पछी भट्टराई सङ्युक्त जनमोर्चाको प्रमुख बने र चर्चाको सधैं केन्द्र बिन्दुमा नै रहे।तत्कालिन प्रम शेरबहादुर देउबालाई ४० सुत्रिय माग बुझाए जुन मागहरुको योजनाकर र लेखक उनै बाबुराम थिए,जुन ४० बुदामा राजतन्त्रको अन्त्य,संङ्ङ्घियता,समाबेसी,धर्म निरपेक्षेयता र राष्ट्रपतिय प्रणाली थिए।जनयुद्धको क्रममै प्रचन्ड भनेको नाम मात्र हुन या प्रचन्ड भनेको ज्ञानेन्द्र शाह नै हुन भनेर सर्बसाधारणमा छाप थियो र जनयुद्धको कमाण्डर पनि डा. बाबुराम नै हुन भन्ने लागेर देसी(बिदेशी सम्पूर्ण पत्रकारहरुले पनि डा. बाबुरामलाई मात्र चर्चाको शिखरमा पुर्याए जस्को डाहा र इर्स्याले प्रचन्डलाई जलन भएर प्रचन्डले सन २००५ तिर आन्तरिक पार्टीमा कारबाही गरेर बाबुरामलाई सजाय दिए जस्को चर्चा अरु बढी अखबार र एफएम रेडियो तिर प्रसारण भए जस्ले गर्दा डा. बाबुराम कठोर कस्टपूर्ण सजाय भोगे पनि जनमासमा निरन्तर परीचित हुँदै गए।

प्रचन्ड तत्कलको लागि धुर्त र माहिर खेलाडी हुन तर बाबुराम दुरदर्शी तथा धेरै पछीका कुरा मात्र देख्ने र भन्ने हुँदा उनको कुरा तत्कालको लागि मजाकको बिषय हुने र प्रचन्डको कुरा सत्य जस्तो लाग्ने जस्ले गर्दा प्रचन्डले बाबुरामलाई लगाम लगाइ रहे। प्रचन्डसँग डा. बाबुरामको बैचारिक,पद्धती,भिजनहरुमा सधैं बिमती थिए तथापी चतुर प्रचन्डलाई जनयुद्ध सफल पार्न डा. बाबुराम बिना असम्भब हुने कुरा पूर्ण ज्ञान थियो र शहरिया मध्यम बर्ग र बौधिक बर्ग डा. बाबुरामको कारण प्रभाबित थिए, त्यसैले बाबुरामलाई पुन्ह आत्मासाथ लिदै बाबुरामकै सुझाबमा दलहरुसँग मिलेर राजतन्त्र फाल्ने र भारतलाई माओबादीबाट कुनै असार पुग्ने छैन भनी एस्डी मुनी मार्फत तत्कालिन भारतीय प्रम अटल बिहारिलाई नेपाली राजनीतिको फेहरिस्त बुझाए जस्ले गर्दा भारतसङ्ग थोरै भए पनि निकटता बढेर गयो र भारतीय भुमिमा रहन र सम्पूर्ण कृयाकलाप गर्न सहज बन्यो,त्यही समय बिरेन्द्रको बङ्स बिनास अनी ज्ञानेन्द्रको अहङ्कारपूर्ण राजाकाजले आजित दलहरुले माओबादीसँग वाध्यबस सम्झौता गरे त्यही १२ बुदे खाकाले शाह बङ्शिय राजातन्त्र सधैंको लागि अन्त्य भए,त्यो बेलाको पाका र निडर नेता गिरिजा प्रशादले पार्टीको निती भन्दा माथि उठेर देश र जनताको लागि जोखिमपूर्ण निर्णय लिए जस्ले गर्दाजनयुद्ध,मधेस,आन्दोलन र ६२(६३को जन(आन्दोलनले सम्भब भयो जस्को दुर्द्र्सिता बाबुरामका थिए र त्यो सम्भब भयो पछी यि आन्दोलनको जसहरु बाडेर सबैले लिए। यिनै बाबुरामको कारण काठमाण्डौ जस्तो सभ्रन्त जनताले विश्वाश गरे भरोसा गरेर माओबादीलाई भोट् दिए भलै चुनाव शान्तिपूर्ण भन्दा पनि डर,धाक र धम्किले पनि माओबादी सरकारसम्म पुगे।

प्रचन्डको नेत्रुत्वमा सरकार बने पनि बादल र सेनापती कट्टुवाल बिचको टकराबले प्रचन्ड सरकार ९ महिन आफ्नै कमिकम्जोरी र सेरेमोनियल राम बराणले भारतिय सत्तापक्ष र नेपाली सेनाको सहयोगमा कार्यकरी अधिकार प्रयोग गरे, जुन ईतिहासको कालो अक्षरमा लेखी सकेको छ। सरकार असफल भए पनि तत्कालिन अर्थमन्त्री डा. बाबुरामले तह र तप्काबाट वावाही पाए,अर्थमन्त्री भनेको भट्टराई जस्तो हुनुपर्छ भन्ने अझै धेरै भेटिन्छन्। छोटो समयमा धेरै दिर्घकालिन काम गरेर बाबुरामले चर्चाको शिखर छुमे ।

नेपाल जनताको चाहना र दोस्रो चुनावमा बैधेबा चिड्ढिएर पार्टी फुटाउदा माओवादी तेस्रो पार्टी बन्न पुगे त्यो बेला कांग्रेस र एमाले मिल्नै नसक्ने र त्यो बेलामा प्रचन्डलाई कसैले विश्वाश गर्न नसक्ने भएकोले बिपक्षिको पनि बाबुराम प्रती भरोसा थियो। प्रचन्डले चाहेर भन्दा पनि धोबिघाट काण्डले गर्दा प्रचन्ड तर्सिएर बाबुरामलाई प्रम बनाउन वाध्य भए,जुन ९ महिने सरकार भए पनि अहिले ठुलो सडक,रास्ट्रिय गौरबको आयोजना, नेपाल दुई ढुङ्गा बिचको तरुल नभई गतिशिल पुल हो भनेर,भारत र चिनसँग पार्बाहन र बिप्पा लगायत दिर्घकालिन हितकारी काम गरे,शान्ती प्रकृया र सेना समायोजन आफ्नै प्रम कालमा पुरा गरेर,ईतिहस कायम गरे भट्टराईले।

संबिधान बनाउने प्रमुख भूमिकामा रहेर अहोरत्र काम गरे,त्यो बेलामा माओवादीसँग स्पस्ट बहुमत नभएकोले जनयुद्धको उपलब्धी सबै गुमाउनु भन्दा केही लिएर भए पनि संबिधान जारी भए। त्यही दिन देखि साम्सद पद र माओवादी छाडेर एक्(एक जना समर्थन बटुल्दै झन्डै ९ महिनमा बिशाल जनमास र समर्थन बटुले।

बाबुराम बैचारिक र दार्सानीक रुपमा निकै अब्बल भए पनि संगठानिक रुपमा सधैं निरिह नै रहे। पद,प्रतिस्ठा र पैसा अशुल्न आउनेलाई छानेर सदस्य दिनु पर्नेमा उल्टै पदाधिकारी दिएर कमजोरी गरे,लोभी पापिहरुले तत्कालनै मन्त्री पद र प्रसस्त पैसा कमाउन बाबुरामसँग अहिले सम्भब नदेखे पछी स्वार्थपूर्ण तरिकाले पार्टी छाडे,जस्लाई बाबुराम समर्थकले कार्तिके,मंसिरे र चैते उपमा दिए,जो ध्रुबिकरणको नाममा उत्तै बिलिन भए। प्रचन्ड कपटी नगरि बिधी र पद्धतीलाई स्विकार गरेको भए चुनावमा बाबुरामलाई सजिलै चुनाव चिन्ह पाउने थिए तर खराब नियतबस चुनावमा त्यो नपाउदा अर्को पार्टीसँग सहकार्य गर्दा छोटो समय र साङठनिक रुपमा अस्तब्यस्त पार्टीमा तल्लो तहसम्म जनतालाई बुझाउन नसक्दा चुनाबी परिणाम गतिलो आएन र बाबुराम सबैको गालीको केन्द्रबिन्दु बन्न पुगे ।

जस्ले जनतालाई राम्रा भिजन,दुरदर्शिता भन्दा तत्कल नै आहात चाहिने र छोटो समयमै मन्त्री पद लिन हतारिएकाहरुले गर्दा नयाँ शक्ती पार्टी खुम्चिन पुग्यो,बाकी रहेका खारिएका भरोसा योग्य र कठोर भन्दा कठोर समयसम्म बिचलित नभएका थोरै सङ्क्या बाँकी थिए जुन आकालन गर्न २५ सदस्सिय टोली बनाएर पूर्व(पस्चिम लोकमार्ग जनसभा गरेर आकालन गरे,बाबुराम सधैं दलित जनजाती र मधेसीको पक्षमा बोल्थे,जस्ले गर्दा तराइको क्षत्रिय राजनीतिबाट आएका उपेन्द्र लगायत राजापा पनि बाबुरामसँग नजिक थिए ।

उपेन्द्र यादब,निस्थावान,निस्कलन्क र बौधिक नेता भए पनि एक समय गच्छेदारले पार्टी टुक्राए,त्यस पछी पुन्ह चौथो शक्ती बने पनि नेकापाले सिके राउतलाई मधेसमा स्थापित गर्न सम्पूर्ण साथ सहयोग गर्दै गर्दा अर्को पाली अझ कमजोरी भईने,अशोक राइले पहाडी क्षेत्रमा निकै कम्जोर उपस्थितीले हतास मनोस्थितिका यादबलाई राजापाको कुनै भर नहुँदा पूर्व प्रम र बाबुराम जस्तो राष्ट्रिय छबीका नेतासँग पार्टी समायोजन गर्दा छेत्रीय पार्टीको आरोप अन्त्य हुने र दुइटै पार्टीको विन(विन अवस्था हुने हुँदा बिगत २ बर्ष देखिको निरन्तर छलफल अनी सहकार्यले पार्टी समायोजन पनि गरे,संङ्घिय परिषदको अध्यक्ष बाबुराम र केन्द्रिय समितिको अध्क्ष्याक्ष उपेन्द्र यादब बने,दुइ पार्टीबाट २५ पदाधिकारीमा १६ जना फोरमबाट र ९ जना नयाँशक्तीबाट,जुन अवस्थामा बाबुराम थिए,चलाखीपूर्ण तरिकाले पार्टी एकता गरे जस्ले पनि बाबुराम फेरी एक पल्ट चर्चाको केन्द्र बने ।

अब बाबुरामको लागि अशोक राइ,आङकाजी शेर्पा जस्ता जातिबादी र छुद्रपनको गाली आउन बाँकी नै छ,बैकल्पिक शक्ती पनि पुरानै शक्ती जस्तो भयो भन्ने आरोप लाग्न बाँकी नै छ,छरिएर रहेको नेपालीहरुले देश(बिदेशबाट पक्षमा बिपक्षमा निरन्तर बाबुरामलाई गाली र तालि ओैरिन बाँकी नै छ,सामाजिक सन्जालमा सबै नेपाली नेता भन्दा धेरै फ्यान भएका नेता भएकोले पनि राम्रै गर्दा पनि समर्थकले ताली र बिपक्षीहरुले गालीको केन्द्र बिन्दु नै डा बाबुराम भट्टराई बनेका छन । अझै केही समय यही ताली र गालीको निरन्तर बाबुरामले सामाना गर्नु पर्ने छ,राजनिती हो,यो क्रम चली रहने छ ।

सोमबार, ३० बैशाख, २०७६, बिहानको ०७:३८ बजे

सम्बन्धित खवर