त्रिविबाट गिरफ्तार विद्यार्थी नेता रिहा गर्न चेतावनी

नयाँ शक्ति विद्यार्थी युनियनले पक्राउ परेका विद्यार्थी नेतालाई रिहाई नगरिए त्रिवि सेवा आयोगको खारेजीको लागि आन्दोलन गर्ने चेतावनी दिएको छ।

त्रिवि सेवा आयोगका पदाधिकारीले आफन्तलाई पास गराएको भन्दै आइतबार तोडफोडमा उत्रिएका विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि नयाँ शक्ति विद्यार्थी युनियनको यस्तो चेतावनी आएको हो।

‘हाम्रो संगठनको केन्द्रीय सचिव हेमराज थापाको नेतृत्वमा त्रि‍वि सेवा आयोगमा भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी नेताहरुलाई गिरफ्तार गरेर हामीलाई थप उत्तेजित बनाएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तार भएका नेताहरुलाई सम्मानपूर्वक तुरुन्तै रिहाई गर्न जोडदार माग गर्दछौं।’

संगठनका उपाध्यक्ष रुपनारायण श्रेष्ठले आइतबार जारी गरेको विज्ञप्ति मा भनिएको छ, ‘अन्यथा दलीय कार्यकर्ताबाट नियुक्त भएका त्रिवि पदाधिकारीहरुलाई विश्वविद्यालय प्रवेशमा रोक लगाउँदै त्रिवि सेवा आयोगलाई नै विघटन गराउनेसम्मको आन्दोलन गर्न बाध्य हुनेछौं।’

सोमबार, ३० बैशाख, २०७६, बिहानको ०८:३६ बजे

सम्बन्धित खवर