भारतीय खोप ‘कोभ्याक्सिन’ ले अनुमति पाएन

नयाँदिल्ली, ३० जेठ/ अमेरिकाले भारतीय कम्पनी भारत बायोटेक इन्टरनेसनल लिमिटेडले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिनलाई प्रयोगको लागि अनुमति दिन अस्वीकार गरेको छ ।

अमेरिकाको औषधि नियामक संस्था एफ.डी.ए.ले आपत्कालीन प्रयोगका लागि स्वीकृति दिन अस्वीकार गरेको हो । भारतको नीति आयोगका सदस्य डाक्टर भीके पलले अमेरिकाको फैसलालाई स्वीकार गरिनुपर्ने बताए ।

भीके पलका अनुसार भारतीय खोप भरपर्दो छ । यद्यपि, भारतीय र अमेरिकी प्रणालीमा अन्तर भएकाले यस विषयलाई ठूलो रुपमा हेर्नु नहुने उनले बताएका छन् । कोभ्याक्सिनले नेपालमा भने अनुमति पाएको छ । यो खोप पनि दुई डोज लगाउनु पर्छ । एजेन्सी

आइतबार, ३० जेठ, २०७८, बिहानको ०८:५९ बजे

सम्बन्धित खवर