युवा संघद्वारा अक्सिजन प्लान्ट निर्माणका लागि कन्काइ नगपालिका लाई ६ लाख सहयोग हस्तान्तरण

बैकल्पिक खवर

कनकाई नगरपालिकामा स्थापना हुन लागिरहेको अक्सिजन प्लान्ट निर्माणका लागि नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले ६ लाख ४८ हजार १ सय २५ रुपैँया आर्थिक सहयोग गरेको छ ।नगरपालिकाले आफ्नै प्रयासमा अक्सिजन प्लान्ट निर्माण गर्न लागेपछि युवा संघले सो सहयोग उपलब्ध गराएको हो ।पार्टीका सुभेक्षुकहरुबाट संकलित सो रकम युवा संघका कनकाई नगर अध्यक्ष विश्वबिजय खरेलले सो सहयोग रकम गत शुक्रबार  कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई हस्तानतरण गरेका छन ।

पार्टीका युवा भातृ संगठनहरु गुण्डागर्दी र अपहरण जस्ता गलत काममा प्रयोग भएर चौतर्फी आलोचना भइरहेको बेला कनकाई नगर कमितिको युवा संघले भने जन सरोकारको काममा सक्रिय देखिएको छ। युवा संघ नगरपालिकाद्धारा स्थापना गर्न लागीएको अक्सिजन प्लान्टमा रकम सहयोग गरेपछि कन्काइ नगरवासीको धन्यवादको पात्र भनेको छ ।

आइतबार, ३० जेठ, २०७८, बिहानको ११:४० बजे

सम्बन्धित खवर