पाँचथरमा ७९ बर्षका वृद्धको धारिलो हतियार प्रयोग गरि हत्या

बैकल्पिक खवर

पाँचथरको फिदिम नगरपालिका–४ जोरसाल बजार छेउ कुमालेटारमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीय ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गएराति हत्या भएको हो ।

इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ । घरमा इङ्वा वृद्ध दम्पती मात्रै बस्दै आएका थिए । उनकी श्रीमती शारीरिक रुपमा अशक्त रहेकी छन् । सासु–ससुरा भेट्न मृतककी बुहारी आज विहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो । प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ । मृतक वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुन् । गत विहीवारमात्रै उनले निवृत्तिभरणको रकम बैङ्कबाट बुझेको हुनाले लुटपाट गर्नेले उनको हत्या गरेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

आइतबार, ३० जेठ, २०७८, दिउँसोको १२:२३ बजे

सम्बन्धित खवर