पार्टी निर्णय बिपरित सरकारमा गएका ९ जना मन्त्रीलाई ७२ घण्टे स्पष्टीकरण सोध्ने जसपाको तयारी

बैकल्पिक खवर

जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारमा सहभागी ९ जना मन्त्रीलाई ७२ घण्टे स्पष्टीकरण सोध्ने तयारी गरेको छ। शनिबार बसेको पदाधिकारी बैठकले महन्थ ठाकुर र राजेन्द्र महतोको प्रतिगामी कदमलाई साथ दिदै सरकारमा सहभागीभएका ९ जना मन्त्रीलाई ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
यसअघि जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले महन्थ- राजेन्द्र पक्षका चार जनालाई स्पष्टीकरण सोधेको थियो। उनीहरुले जवाफ दिन इन्कार गरेको भन्दै अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो तथा नेताहरु लक्षमणलाल कर्ण र सर्बेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गर्ने निर्णय जसपलेले गरेको थियो।
सरकारमा गएका वाँकी ९ जना मन्त्रीलाई ७२ घन्टे स्पष्टीकरण सोधिएको एक नेताले बताए। जसमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका सरत्‌सिंह भण्डारी, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, खानेपानी मन्त्री अनिल झा, संस्कृति, पर्यटन तथ नगरिक उड्यन मन्त्री उमाशंकर अरगरिया, खेलकुद मन्त्री एकबाल मियाँ, महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री चन्दा चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल प्रसाद श्रीवास्तव, उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरी र महिला, बालवालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङ छन्।
यसअघि नै पार्टीले ओली सरकारका पक्षमा उभिनेहरुलाई निष्कासन गर्ने निर्णय गरिसकेको भए पनि ९ जना मन्त्रीलाई ७२ घण्टे स्पष्टीकरणको मौका दिन लागिएको एक नेताले बताए। स्पस्टिकरण पत्र आज साझसम्ममा सबैलाई पठाइ सकिने जसपा केन्द्रिय कार्यलय बालकुमारीले जनाएको छ ।

आइतबार, ३० जेठ, २०७८, दिउँसोको ०३:४३ बजे

सम्बन्धित खवर