थप बजेट बिनियोजन भएपछि शिवगञ्जमा आधुनिक कृषि बजार निर्माणले पूर्णता पाउने

बैकल्पिक खवर

झापाको पुरानो मध्येको शिवगञ्ज बजारमा व्यवस्थित कृषि बजार निर्माण कार्यले आगामी बर्ष पनि निरन्तरता पाउने भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ६ शिवगञ्ज बजारमा गत बर्षदेखि व्यवस्थित कृषि बजार निर्माणको कार्य सुरु भएको हो ।

उक्त बजार निर्माणका लागि आर्थिक बर्ष २०७८÷७९ मा काम गर्ने गरी एक करोड ५० लाख रुपैयाँ संघीय सरकारबाट विनियोजन भएको छ ।
शिगञ्ज बजारमा रहेको बृजेश्वर महादेव शिवालय मन्दिरको डेढ बिघा जमिनमा कृषि बजार निर्माणको कार्य सुरु भएको हो । बजारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि चालु आर्थिक बर्षमा ३५ लाख रुपैयाँ विनियोजन भएको थियो ।

झापाको शिवसताक्षी नगरपालिका ६ शिवगञ्जस्थित निर्माणाधीन कृषि बजार

डीपीआरअनुसार बजारको पूर्वाधार निर्माणमा खर्च गर्न सशर्तअनुदान (पुँजीगत) बाट आगामी आर्थिक बर्षमा एक करोड ५० लाख रुपैयाँ विनियोजन भएको वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए । कृषि बजार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भइरहेको हो । कृषि बजार निर्माण सुरु गरेपछि जिल्लाको दक्षिणी ग्रामीण भेकका किसान खुसी भएको वडाध्यक्ष कार्कीले बताए ।

कृषि बजारको अभावमा शिवगञ्ज, पाँचगाछी, महाभारा, बैगुन्धुरालगायत क्षेत्रका किसानले आफ्नो कृषि उपज विक्री वितरण गर्न नपाएको उनको भनाइ छ । ‘किसानले दुख गरेर कृषि उपज फलाउछन् । तर, कृषि बजारको अभावमा धेरै किसानले उत्पादनअनुसार लाभ लिन पाएका छैनन्’ वडाध्यक्ष कार्कीले भने,‘कति किसानको उत्पादन त बारीमा कुहिएर सकिने गरेको छ

आइतबार, ३० जेठ, २०७८, साँझको ०५:०४ बजे

सम्बन्धित खवर