सर्वोच्चको फैसलाको स्वागत गर्दै ओलीको गृहनगरमा दीप प्रज्वलन

बैकल्पिक खवर

सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीको गृहनगर दमकमा दिप प्रज्वलन गरिएको छ । दमक नगरमा क्रियाशिल राजनैतिक दलहरु (विपक्षी गठबन्धन) को आयोजनामा उक्त दिप प्रज्वलन गरिएको हो।
संघीय लिम्बुवान राष्ट्रिय मन्च, माओवादी केन्द्र , जनता समाजवादी पार्टी र नेपाली कांग्रेससहितका दलहरुले सर्वोच्च अदालतको फैसला लाई स्वागत गर्दै न्यायमुर्ती प्रती उच्च सम्मान रहेको बताएका छन । सो कार्यक्रममा बोल्ने बक्ताहरुले नागरिकको खबरदारी लाई सर्बोच्चले सम्मान गरेको बताए । ओलि सरकारले ध्वस्त पार्न लागेको नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र लाई अदालतले जोगाइ दिएको भन्दै , अब यसलाइ थप मजबुत बनाउदै लैजानु पर्ने धारणा राखेका थिए ।                                   

                                                  सो दीप प्रज्वलन कार्यक्रम लाई माओवादी केन्द्रकि राधिका ओझा , नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य बिश्वदिप लिङ्देन र जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य देउकुमार नेम्बाङ लगायतले सम्बोधन गरेका थिए । सो कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस दमक नगर सभापति रोशन बिस्टले गरेका थिए ।

मङ्गलबार, २९ असार, २०७८, साँझको ०७:११ बजे

सम्बन्धित खवर