भब्सी नदीको पुल नै बगायो, सयौँ यात्रु अलपत्र

 

बर्दिबास, / लगातारको भारी वर्षाले महोत्तरीको बर्दिबासस्थित भब्सी नदीको पुल भत्किएको छ । पुल भत्किएपछि पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुनुका साथै सैयौँ यात्रु अलपत्र परेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।

अहिले पुलको दुवै छेउमा ठूलो संख्यामा सवारी साधन रोकिएका छन । पुल भत्किएपछि सयौँ यात्रु अलपत्र परेका छन । केही यात्रु गन्तव्यमा पुग्न जोखिम मोलेर नदी तरिरहेको स्थानीय रमेश महतोले बताए। भत्किएको पुल हेर्न सर्वसाधारणको घुइँचो लागेको छ। जिल्लामा चार दिनदेखि भइरहेको वर्षा अझै रोकिएको छैन ।

शनिबार, २८ असार, २०७६, बिहानको ११:५९ बजे

सम्बन्धित खवर