लायन्स क्लवको सहयोग

 टीकाराम उप्रेती
मुलघाट साउन २९ /  लायन्स क्लव अफ दमक श्रीअन्तुले धनकुटाको मुलघाट स्थित बिश्रान्ति बृद्ध आश्रममा औषधि सहित खाद्यान्न बितरण गरेको छ ।
क्लवमा अध्यक्ष थानेश्वर भट्टराई सहितको टोली बिहीबार मुलघाट पुगेर आश्रमलाई सहयोग हस्तान्तरण गरेको हो । क्लवले दाल, चामल, नुन, आलु, प्याज, खाने तेल लगायतका खाद्यान्न हस्तान्तरण गरेको हो । यस्तै बृद्धबृद्धालाई अति आवश्यक पर्ने नियमित प्रयोग गरिदै आएका औषधि समेत सहयोग गरिएको थियो ।


कार्यक्रममा लायन्स क्लव अफ झापा दमकको समेत सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि चिफ गर्भनर हेड अजय अग्रवाल, इम्प्याक्ट एरिया चिफ ज्ञाननाथ पौडेल, जोन चेयर पर्सन काशी खाती, बिस्नु पौडेल, हेमसिंह अधिकारी र डिस्ट्रिक एडभाइजर पारस पाण्डे समेत उपस्थिती रहेको थियो । कार्यक्रम क्लवका सचिव गिरीराज भण्डारीले सञ्चालन गरेका थिए ।
बिश्रान्ति बृद्ध आश्रमलाई लामो समयदेखि रेखदेखको जिम्मेवारी लिनु भएका पदम काफ्लले आश्रको तर्फबाट सहयोग ग्रहण गरेका थिए । यस्तै आश्रमको हालको अवस्थाको बिषयमा समेत जानकारी गराएका थिए । आश्रममा ४३ जना बृद्धबृद्धा रहेका छन् ।

शुक्रबार, २९ साउन, २०७८, दिउँसोको ०२:०२ बजे

सम्बन्धित खवर