मिक्लाजुङ ६ मा विचौलिया प्रबेशमा रोक

दमक/ मिक्लाजुङ गाउपालिका वडा नंबर ६ ले विचौलिया प्रवेशमा रोक लगाएको छ । मिक्लाजुङ गाउपालिका वडा नंबर ६ को कार्यालयमा विचौलिया मार्फत आएको काममा रोक लगाइएकोछ ।

निवेदन लेखेको र फारम भर्न सहयोग गरे वापत सेवाग्राही संग रकम असुल्ने गरेको गुनासो वढ्दै गए पछि यस्तो कदम चालिएको वडा अध्यक्ष बुद्धिलाल निरौलाको बताए ।

वडाअध्यक्ष बुद्धिलाल निरौलाको अनुसार सेवाग्राही मर्कामा नपरुन भन्नको लागि निवेदन लेख्नु र फारम भर्न कार्यालय सहयोगी र वडा सदस्यहरु वाट सेवाग्राहीलाई सहयोग गर्ने र सर्जिमिनका लागि वडा सचिवलाई लेख्न लगाउने तयारी गरिएको जानकारी दिएका छन ।

त्यस्तै वडा नं. ९ को कार्यालयमा आउने सेवाग्राही पनि विचौलियाको कारण मारमा परेको गुनासो केही दिन अघि सार्वजनिक भएको थियो ।

मङ्गलबार, २८ साउन, २०७६, बिहानको १०:०० बजे

सम्बन्धित खवर