अब एमाले सबैतिर प्रतिपक्ष बन्दै

 दमक, २८ भाद्र /  २०७४ को आम चुनावपछि केन्द्रसँग ६ वटा प्रदेशमा वाम गठबन्धनको बहुमत आयो । केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा चार वटा प्रदेशको नेतृत्व पनि एमाले नेताले नै गरे ।

तर ५ पुस २०७७ को प्रतिनिधिसभा विघटनसँगै नेकपामा सुरु भएको कलहले दल नेकपा मात्र विभाजित भएन, एमाले पनि फुटेको छ र, एकपछि अर्को सरकारको नेतृत्वको सरकार ढलेको छ । जेठ अन्तिममा गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमाले सरकार ढल्यो । २८ असारमा संघीय सरकारका प्रधानमन्त्री ओली सर्वोच्च अदालतको परमादेशाबट पदच्युत हुन पुगे ।

त्यसपछि लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको एमाले सरकार ढाल्यो । अब दशैं अगाडि नै प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढल्ने लगभग निश्चित देखिन्छ । त्यसो भएमा एकसमय प्रदेश २ बाहेक सबैतिर सत्तामा रहेको एमाले सातवटै प्रदेशमा प्रतिपक्षी बेञ्चमा पुग्नेछ ।

सोमबार, २८ भदौ, २०७८, रातीको ०९:१४ बजे

सम्बन्धित खवर