माओवादीको शुभकामना आदान–प्रदान

दमक / नेकपा माओवादी (केन्द्र) दमक नगर समितिले निकट आइरहेका चाडपर्वहरुलाई मध्यनजर राखेर शुभकामना आदान–प्रदान गरेको छ । दमकस्थित पार्टी कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा सत्तारुढ गठबन्धन पक्षका दलका प्रतिनिधी र कार्यकर्ताहरुको उपश्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओबादी (केन्द्र) का केन्द्रीय सदस्य झलकसिं दलामी (सन्देस) ले निकट आइरहेका चाडपर्वहरु हार्दिकता र मेलमिलापका प्रतिकका रुपमा मान्न आग्रह गरेका छन् । उनले अब सबै चाडहरु समावेशी हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य शुरेश सुब्बा, माओवादी केन्द्र प्रदेश सदस्य लक्ष्मी न्यौपाने, अखिल क्रान्तिकारीको पूर्व केन्द्रीय अध्यक्ष रञ्जित तामाङ, वाईसीएल नेपाल प्रदेश संयोजक कर्म पुलामी, एकिकृत समाजवादीका दमक नगर अध्यक्ष महेश घिमिरे, जसपाका केन्द्रीय सदस्य देउकुमार लिम्बू, लिम्बुवान मञ्च नेपालका दिलकुमार लावती लगायतले बोलेका थिए ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य प्रविण चाम्लिङ, माओवादी केन्द्रका जिल्ला सचिव विजय साङपाङ, प्रदेश सदस्य गगन पुरी, श्रीकान्त चौलागाईं, भूमिका कोइराला लगायतको उपश्थिति रहेको थियो ।

नगर समितिका सचिव तीर्थराज बस्नेत (शंकर)को सभापतित्वमा भएको कार्यक्रमको औचित्वबारे नगर इन्चार्ज बेदु गौतमले प्रकाश पारेका थिए । महिला समिति नगर अध्यक्ष ईक्सा सम्हाम्फेले स्वागत गरेको कार्यक्रमको सञ्चालन नविन सेडाईले गरेका थिए । कार्यक्रममा विभिन्न जातिका संस्कृति झल्काउने गीत तथा नृत्य समेत प्रश्तुत गरिएको थियो ।

बुधबार, २७ असोज, २०७८, बिहानको ०९:३२ बजे

सम्बन्धित खवर