बिर्तामोड / हरिकुमार राना, झापा–२ का लागि परिचित नाम हो । यसपटक झापा क्षेत्र नम्बर दुईमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार छन्, उनी । माओवादीबाट उम्मेदवारी दिएका राना यो क्षेत्रका लागि नौलो नाम हैन । उनी लामो समयदेखि कम्युनिष्ट राजनीति आन्दोलनमा छन् । संगठन र पार्टीको काम मात्र हैन उनी निरन्तर जनताको काममा छन् । तीन दशकदेखि जनप्रतिनिधिको रूपमा काम पनि गरेका छन् । त्यसकारण उनी जनताको सुख दुःखमा साथसाथै छन् । संसदीय यात्रामा पहिलोपटक पाइला अघि बढ्का छन्, रानाका ।

तर, यसअघि उनी तीनपटक जनप्रतिनिधिको रूपमा काम गरिसकेका छन् । ०४९ र ०५४ मा साविक शनिश्चरे गविसको अध्यक्ष भएर सफलतापूर्वक काम गरे, उनले । त्योबेलामा स्थानीय निकाय शक्तिशाली थिएन । आफैँ कार्यक्रम बनाउने र योजना कार्यान्वयन गर्ने तहमा थिएन । तसर्थ जनताको न्याय सम्पादनमा काम गरेको राना बताउँछन् । ‘त्योबेलाको गाविस अध्यक्षलाई त्यति धेरै अधिकार थिएन,’ उनी भन्छन्, ‘न्याय सम्पादनको क्षेत्रमा चाहिँ काम गरियो ।’

राना संघीयता कार्यान्वयनपछि भएको शक्तिशाली स्थानीय सरकार अर्जुनधारा नगरपालिकाको पहिलो निर्वाचित मेयर भए । रानाको इतिहासमा कुनै निर्वाचन हारेको रेकर्ड छैन । उनी अपराजित तीनपटक जनप्रतिनिधि भए । अहिले चौथो जितका लागि अनवरत जनताको घरदैलोमा पुगेका छन् । ‘मैले आफूले पाएको जिम्मेवारीलाई इमान्दारितपूर्वक पालना गरेको छु । जनताको सेवा नै आफ्नो परम कर्यव्य ठानेको छु । इमान्दार सेवकलाई जनताले भोट दिनुहुनेछ,’ उनले भने, ‘मेयर हुँदा १२५ वटा पुल बनाएको छु । न्यूनतमः २५ लाखदेखि तीन करोड ४८ सालसम्मको पुल बनाएका छौँ । पुल बनाउँदा रोङ र माईसँग पनि सहकार्य गरेका छौँ । खुदुनाबारीको फाल्गनुन्द चोकदेखि १४किलोमिटरको परको सहकाले गाउँमा विजुली थिएन, विजुली पु¥यायौँ । पिउनेपानी, बाटो थिएन । स्वास्थ्य केन्द्र बाल केन्द्र थिएन । त्यहाँ पनि सबै व्यवस्थापन ग¥यौँ । चार सय किलोमिटरभन्दा धेरै धुलौटेबाटोलाई बलौटेमा रुपान्तरण गरेका छौँ । ८ वटै वडाकार्यालय बनाएका छौँ । ११ वटै वडामा स्वास्थ्य केन्द्र पु¥याएका छौँ ।’

उनका प्रतिस्पर्धी एमालेका देवराज घिमिरेसँग जनताको प्रतिनिधि भएर काम गरेको अनुभव छैन । पार्टी संगठनमा यतिका वर्ष काम गरेँ भन्नेबाहेक केही एजेन्डा छैन । यस्तो अवस्थामा रानासँग जनप्रतिनिधि भएर काम गरेका योजना साट्दै र बाँकी दिनमा अन्य काम पनि गर्ने योजना सुनाउँदै भोट मागिरहेका छन् । रानालाई प्रतिस्पर्धीमा घिमिरे पाउँदा निकै फाइदा छ । घिमिरेलाई झापा–२ माएमालेकै कार्यकर्ताले पनि रुचाएका छैनन् । झापा–२ मा अग्नी खरेलले निर्वाचन लड्ने तयारी गर्दै गर्दा एक्कासी देवराज आएपछि कार्यकर्तामा असन्तुष्टिका चाङ छन् । यही असन्तुष्टि मत सहज आउने अनुमान छ रानालाई । विगतमा लामो समयसम्म एमालेको राजनीति गरेर झापा–२ मा प्रभाव जमाएका कारण पनि रानालाई एमालेको मत आउँछ । एमालेमा अधिकांश उनले बनाएका कार्यकर्ता छन् । तसर्थ उनका प्रतिस्पर्धी निकै अप्ठेरोमा छन् । यद्यपि गठबन्धनभित्र एकता भएका कारण पनि सहज जित निकाल्न सकिने रानाको भनाइ छ । ‘गठबन्धनभित्र एकता छ । जितको आधार यही नै हो । कांग्रेसमा पनि विस्तारै एकता आउँदैछ,’ उनले भने, ‘माओवादीमा पनि म आएपछि एकता सुदृढ भएको छ । हरि रानाको उम्मेदवारीले गठबन्धनभित्र अभूतपूर्व एकता भएको छ ।’

Facebook Comments Box