माओवादी केन्द्रको उपत्यका प्रदेशको अध्यक्षमा सिम्खडा र सचिवमा बस्नेत

 काठमाडौं, मंसिर २७/ नेकपा ( माओवादी केन्द्र ) को उपत्यका विशेष प्रदेशको प्रथम सम्मेलनबाट अध्यक्षमा जगत सिम्खडा र सचिवमा सुरेन्द्र बस्नेत निर्वाचित भएका छन् । यसैगरी सम्मेलनले उपाध्यक्षमा कृष्णराज केसी, सङ्गीता खड्का र प्रकाश पाण्डे, सहसचिवमा गोगन मल्ल , विष्णु थापा र कोषाध्यक्षमा शंकर अधिकारीलाई निर्वाचित गरेको छ।

शनिबार काठमाडौँमा उद्घाटन भई आइतबार रातिसम्म चलेको बन्द सत्रमा सर्वसम्मत रूपमा १४१ सदस्यीय प्रदेश समितिको घोषणा निर्वाचन समितिका प्रमुख डा.जगतकृष्ण पोखरेलले गर्नुभएको थियो । सम्मेलनमा आयोजक सहित कुल ६४० जना प्रतिनिधि सहभागी थिए।

दुई दिन चलेको सम्मेलनको बन्दसत्रमा आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेद्वारा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन परिमार्जन सहित पारित गरिएको थियो। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँद‍ो पुस ११-१३ मा काठमाडौँमा हुँदैछ।

सोमबार, २७ मंसिर, २०७८, बिहानको ०८:४८ बजे

सम्बन्धित खवर