२४ घण्टामा ५ हजार कटे कोरोना संक्रमित

काठमाडौं, पुस ३० / बितेको २४ घण्टामा देशभर ५ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५०८७ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ३०६ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो । यो हिसावले संक्रमणदर २४.७४ प्रतिशत देखिएको छ ।

शुक्रबार, ३० पुष, २०७८, साँझको ०५:१५ बजे

सम्बन्धित खवर