झापा, १ वैशाख / मिस टिन २०२१ प्रदेश १ को उपाधि झापा हल्दिवारीकी साम्राज्ञी शर्माले जितेकी छिन् ।मंगलवार विर्तामोडमा सम्पन्न ग्राण्ड फिनालेमा शर्माले उपाधि हात पारेको आयोजक ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टका म्यानेजिङ डाइरेक्टर प्रणित पुडासैनीले जानकारी दिए ।उपाधि विजेता शर्माले नगद ५० हजार सहित ट्रफि पाएकी छन् ।उनले उपाधि हात पारेसँगै अध्ययनका लागि छात्रबृत्ति पाउने छिन् ।

यस्तै, मिस टिन प्रदेश १ को फस्ट रनरअप दमककी सुरक्षा कार्की र सेकेण्ड रनरअप मोरङकी आशिका बजगाई बनेकी छन् ।उनीहरुले क्रमशः नगद २० र १५ हजारसँगै ट्रफि पाएका छन् । उनीहरु समेतले छात्रबृद्धि पाउने पुडासैनीले जानकारी दिए ।प्रतियोगितामा प्रदेश १ का २१ जना प्रतियोगी सहभागी भएका थिए ।

Facebook Comments Box