नेपालमा कोरोना संक्रमितको २५० पुग्यो

 

काठमाडौँ /  नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५० पुगेको छ । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५० पुगेको हो । बिहीबार संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष महोत्तरीका १६ र ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३९, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ७, कैलाली, धनुषा र महोत्तरीमा ४ र ४, रौतहट, बारा र सर्लाहीमा ३ र ३ तथा बागलुङ, चितवन, झापा र भक्तपुरमा २र२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ३५ जना निको भए पनि ३ जनामा पुन संक्रमण  देखिएकाले अस्पताल भर्ना गरिएको छ ।

बिहिबार, ०१ जेठ, २०७७, बिहानको ०८:४७ बजे

सम्बन्धित खवर