सिमा अतिक्रमण : दोष कस्को ??

दिनेश दङगाल

नेपालमा सीमा अतिक्रमणको बिषय बेला बेला उठिरहन्छ । केही दिन केही हप्ता यसको चर्चा परिचर्चा निक्कै राम्रो सँग हुने पनि गर्छ । यो पटक पनि यो बिषयले राम्रै चर्चा परिचर्चा पाईनै रहेको छ । केही सामाजिक अगुवा , युवा, विद्यार्थी , केही भूगोलमा मात्रै राष्ट्रियता देख्ने सतही भौगोलिक राष्ट्रवादीहरुका लागी यो निक्कै ठूलो मसला पनि भएको छ । साथसाथै केही नेता लाई त झन आफ्नै पार्टी , पार्टी भित्रको फरक गुट, फरक नेता र फरक धारलाई गाली राष्ट्रघातीको आरोप लगाएर ,बिभिन्न मिडिया सामाजिक सञ्जालको प्रयोग गरी सकेसम्म गालि गरेर आफू भित्रको राष्ट्रघात र विखण्डनकारी चिन्तनलाई रातारात छोपेर अशलि राष्ट्रवादीको पगरी गूथ्ने प्रचण्ड अवसर पनि प्राप्त भएको छ ।
अफ्नो देशको भुमी अतिक्रमण हुँदा , सीमाका जङे पिलरहरु हराउँदा, भाँचिदा , आफ्नो देशको सीमा मिचिदा एउटा स्वाभिमानि नागरिकको मन दूख्नू , पोल्नु स्वाभाविक हो , यस्तो हुन्छ , हुनुपर्छ । सडकमा आउनु पर्छ ,आन्दोलन गर्नु पर्छ , आक्रोश पोख्नु पर्छ किनकी यस्तो बेला देश र देशवासिहरुको आत्मासम्मान र स्वाभिमान माथि प्रहार भएको हुन्छ । यो बिश्व महामारिको बेला ,देश पूर्णरूपमा बन्दाबन्दीमा रहेको बेलामा पनि सडक, चोक ,समाजिक सञ्जाल सञ्चारमध्यम सबै तिरको , मूर्दावाद ,पुत्ला , प्लेकार्ड आदि हेर्दा अहिले पनि त्यही नै भएको जस्तो भ्रम पर्छ । हाम्रो देशमा सीमा विवाद र राष्ट्रियताको बारेमा पटक पटक कुरा उठ्ने गरेकोे छ ।यो पटक झन बहुमत प्राप्त ओली सरकारको पालामै यो दोस्रोपटक हो । जति पटक यो बिषय उठछ त्यति नै पटक प्रत्येक पार्टीका नेता ,कार्यकर्ता,स्वतन्त्र भनिएको नागरिक समाज , सचेत भनिएका युवा विद्यार्थीहरू सडकम आउने र (अपवाद बाहेक) भारत विरोधी चर्का नारा लगाउने , नक्सा जालाउने र भारततर्फका सरकार प्रमुखको पूत्ला जलाऊने गरेको देखिन्छ । अस्ती भारतले उतापट्टि कश्मिर र यता विवादित लिम्पियाधूरा सहितको नक्सा प्राकाशित गर्दा होस या अहिले ८० किलोमिटर सडक निमार्ण गर्दा होस आन्दोलन गर्नेको तरीका एउटै छ । यहाँ प्रश्न उठ्छ के सीमा अतिक्रमण हुनु वा मिचिनुमा भारत मात्रै जिम्मेवार हो त ? के हाम्रो देशका शासक हरुको दोष छैन ? अनि हाम्रो देशको राष्ट्रियताको रक्षा भारतले गर्दिनु पर्ने होरु निरन्तर राष्ट्रघात गर्ने आफ्नो देशको राष्ट्रियता र सीमाको रक्षा गर्न नसक्ने लाई केही भन्न पनि नसक्ने ,जनमतले बिस्थापि पनि नगर्ने अनि सधैं भारतलाई मात्रै गाली गर्दा हाम्रो देशको गुमेको भूभाग फिर्ता हुन्छ ? कालापानि बाट सेना हटछ् ? देशको राष्ट्रियता र भौगोलिक अखण्डता सुरक्षित हुन्छ ?
तसर्थ बिभिन्न पार्टीका स्वभीमानि नेता कार्यकर्ता, सचेत नागरिक समाज ,देशका सचेत युवा र विद्यार्थीहरूले भारतको विरोध गरेर सडकमा उफ्रनुको कुनै अर्थ छैन , सकिन्छ नेकपा ,काँग्रेस ,झाले माले पञ्चे ज -जस्ले हिजो सत्तामा बसेर राष्ट्रघात गरेका छन्, बिभिन्न सन्धि सम्झौता गरेर ठुला ठुला महल ठाडो परेका छ्न ति सबैलाई जनतमद्वारा घिसारेर सडकमा ल्याउन तिर लागौ सकिदैन भने चुप लागेर बस्दा नै उत्तम छ लिम्पियाधुरा गयो नै अब यो भारतको विरोध गरेर फिर्ता हूनेवाला छैन किनकी भारत विष्णु पौडेल होइन विरोध गर्ने बितिक्कै हडपेको जमिन फिर्ता दिने ।
सिमा अतिक्रमण र बारम्बारको हस्तक्षेपको कुरा आजको मात्रै होइन भारत नेहरुकै पालादेखी रणनीतिक रूपमा आइरहेको छ । के हो भारतको रणनीति ? किन भारतले बिभिन्न समयमा नेपाल तर्फको सिमाना अतिक्रमण गरीरहन्छ ?? आखिर के हो भारतको कुरा ?राजनीतिमा आएको वर्तमान पूस्ता , नागरिक समाजका अगुवा र सचेत भनिने युवा विद्यार्थी वर्गले यो कुरा बुझ्न जरुरी छ ।

सन १९५१ मै तत्कालीन भारतका गृहमन्त्री सरदार बल्लभभाइ पटेलले नेपाल , भुटान ,सिक्किम, हैदरावाद,काश्मिर लगाएतका स्वतन्त्र राज्यहरुलाई विशाल भारतमा गाभ्ने प्रस्ताव ल्याएका थिए र त्यो प्रस्ताव संसदले अनुमोदन गरेको थियो । यहि रणनीति अनुसार भारतले हैदरावाद र अहिलेका पुर्वोत्तर भारतका स्वतन्त्र राज्यहरुलाई भारतमा गाभ्यो , यहि नीति अनुसार पछि सिक्किमलाई पनि गाभ्यो ।
नेपाललाई भारतमा गाभ्ने रणनीति अनुसार भारतले तत्कालीन राजा त्रिभुवन मार्फत लविङ्ग गर्यो , त्रिभुवन लाई भारतको राष्ट्रप्रमुख बनाउने प्रस्ताव नेहरुले राखे तर त्रिभुवनले अस्विकार गरे। यसपछि नेहरुले चीन भ्रमणका क्रममा चीनका तत्कालीन प्रधानमन्त्री चाउ एन लाई सँग एउटा प्रस्ताव राखे – नेपालको उत्तरी भाग चीन ले लिने र दक्षिणी भाग भारतले लिने नीति अनुसार नेपाललाई बाँडिचुँडी लिने । चा एन लाई ले नेहरुको यो प्रस्ताव ठाडै अस्विकार गर्दै भने  “नेपाल यस्तो देश हो जसको ईतिहास र अस्तित्व भारत र चीनको भन्दा पुरानो छ। हामि सँग नेपाललाई गाभ्ने नैतिक बल छैन”।
यसपछी नेहरुले चाउ एन लाई सँग दोस्रो प्रस्ताव राखे ,ठिक छ नेपालको भौगोलिक स्थितिलाई नचलाऔं तर नेपालको रक्षा र परराष्ट्र नीति र मामिला हामी दुई देश मिलेर संचालन गरौं। तर चाऊ एन लाई ले नेहरुको यो प्रस्ताव पनि अस्विकार गर्दै भने ,” त्यत्रो पुरानो स्वतन्त्र देश नेपाल जसले ईतिहासमा भारत र चीन दुवै देशको संस्कृती मा महत्वपूर्ण प्रभाव राखेको छ त्यो देशको आन्तरिक विषयमा हामिले कसरी हस्तक्षेप गर्न मिल्छ ?”
यसपछी नेहरु भारत फर्के र गृहमन्त्री पटेल लगाएतका अन्य वरिष्ठ नेतृत्व सँग छलफल गरे। यो छलफलको निश्कर्ष यस्तो थियो , तत्काललाइ नेपाल भारतमा गाभ्न एथेष्ट सम्भावना नरहेकोले यो विषयलाई अहेलेलाई थाँती राख्दै नेपाललाई भारतको सुरक्षा छाता भित्र राख्न पहल गर्ने । यो डक्ट्रीन अहिले पनि भारत सरकार संग छ । भारतले नेपाललाई भारतमा गाभ्ने सरदार पटेलको प्रस्ताव जुन भारतिय संसद बाट अनुमोदन भएको थियो , आज सम्म खारेज गरेको छैन त्यसैले स्वभाविक रुपले भारतको हरेक सरकारको कार्यनिती भित्र यो ईस्यु रहने गर्दछ । भारतले यहि रणनीति अन्तर्गत आफ्नो अनुकुलको पात्रहरुलाई नेपालको राजनितिमा स्थापित गर्ने नीति लिइरह्यो । टुँडिखेलमा भारत विरोधी चर्को नारा लगाएर रातमा भारतिय दूतावास धाउने छ्द्मभेषी राष्ट्रबादिहरु यहाँ अनगिन्ती छन । भारत सरकारले जे गर्यो त्यो उसको परम्परागत नीति लाई कार्यान्वयन गर्न नै गर्यो यो अनौठो होइन किनकी मोदि वा राजनाथले भारतिय संविधानको सपथ खाएर भारत अनि भारतिय जनताको हित गर्ने वाचा गर्दै निर्वाचन मार्फत नेतृत्वमा स्थापित भएका हुन , नेपालको स्वार्थ रक्षा गर्ने , नेपालको रक्षा गर्ने कुरा उनिहरुको दायित्व भित्र पर्दैन । नेपालको सार्वभौम अखण्डताको रक्षा गर्ने , नेपाल अनि नेपाली नागरिकको हित अनुकुल काम गर्ने शपथ खाएर नेपालको नेतृत्व सम्हाल्ने नेतृत्वले के गर्यो हेरौं पहिले। आफ्नो थैली बलियो गरि नबाँध्ने अरुलाई दोष दिने कुरा मूर्खता हो । यो सबै शिलशिला टनकपुर सन्धी बाटै शुरु भएको हो र महाकाली सन्धी पछि यसले गति लिएको थियो। भारतले महाकाली सन्धी गर्न खोजेको गिरिजा संगै हो तर उनले टनकपुर सन्धी गरेर समग्र महाकाली सन्धी लाई छले । टनकपुर सन्धिमा गिरिजाको गम्भीर त्रुटि त भएकै थियो तर महाकाली सन्धी गर्न बाट उनी जोगिए। टनकपुर सन्धी पछि एमालेले  महाकाली नदि साझा हो पानी आधा-आधा हो भन्ने नारा लगायो , दूर्भाग्य भन्न पर्छ यो नारा खुबै राष्ट्रबादी नारा लाग्यो नेपालिहरुलाई तर यो नारा पुरै सेटिङ्गमा तय गरिएको थियो ।
सुगौली सन्धी अनुसार महाकाली नदि पारिको भूमी माथिको अधिकार नेपालले त्यागेको हो , अर्थात यो सन्धी अनुसार महाकाली नदि नेपालकै हो तर महाकाली नदिको पल्लो किनार देखि उताको भूमी माथिको अधिकार नेपालले त्याग्नेछ। अंग्रेजको आशय सिर्फ यत्ती हो  ! “नेपाल  अब उप्रान्त तिमी महाकाली नदि तरेर हामिले भारतमा राज गरुन्जेल हाम्रो व्यापारिक स्वार्थमा धक्का दिन नआउ।”
तर एमालेले आफ्ना चैते बाँदरहरु उफारेर महाकाली नदि साझा हो पानी आधा-आधा हो। भन्ने नारा उछालेर महाकाली नदि माथी भारतको पनि अधिकार रहने र महाकालीको पानी भारत र नेपाल दुवैको आधा आधा हुने मान्यता सुनियोजित रुपले स्थापित गर्यो । यो सब RAW को डिजाइनमा भएको थियो , तर यस्तै तोर्पे नेताहरु नेपालमा महान राष्ट्रबादी बनि टोपलिन्छन र यिनकै पछि लाखौं भेंडा कुदिरहन्छन भने ,लिम्पियाधुरा मात्र होइन भारतको संसदले पारित गरेको र भारत सरकारको रोडम्याप अनुरुप शुरुमा तराई र पछि पुरै नेपाल गुम्छ । धतुरो रोपेर कोदो फल्दैन , राष्ट्रद्रोहिलाई राष्ट्रबादी मानेर राष्ट्र बच्दैन।
निकै जन दवाव पछि नौटंकी देखाउन ओलिले रक्षामन्त्री ईश्वर पोख्रेललाई लिपुलेकको अवलोकन गर्न पठाएका थिए , रक्षामन्त्री कहाँ पुगेर फर्के रु भारतले बनाईसकेको ८० किमि लामो बाटो उनको आँखाले देखेनन ? रक्षामन्त्री ईश्वर पोख्रेल काठमाडौ फर्केपछी प्रधानमन्त्री ओलिलाई ब्रीफिङ गरेनन रु यी सब कुरा गोप्य किन राखियो ? सिर्फ यसकारण कि पुरै शिलशिला एउटा लामो र चरणवद्ध योजना अनुरुप भएको थियो।
नेपालको संविधानले समेत लिम्पियाधुरालाई चिन्दैन , संविधानमा संग्लग्न नेपालको नक्सा बाट लिम्पियाधुरा किन हटाइयो ? आफ्नो देशको संविधानले आफ्नै देशको भूभागलाई अलग गर्छ अनि यो संविधान विश्वकै उत्कृष्ट संविधान भनेर ढोल पिटिन्छ अनि लाखौं भेंडाहरु विश्वकै उत्कृष्ट संविधान भन्दै उफ्रन्छन अनि आश चाहिँ देश रक्षाको गरिन्छ अचम्म !
म भारतलाई रत्तिभर दोष दिन्न , बाघले अन्य पशुको सिकार गर्छ , बाघले भेट्टाए हामिलाई नै सिकार गर्छ हामी आफैं जोगिनु बुद्धिमानी हुन्छ। बाघलाई सरापेर बस्ने कुबुद्धी म पाल्दिन । भारतले आफ्नो नीति अनुरुप जे गर्नु थियो गर्यो तर हाम्रो नीति के थियो ? आफ्नो भूभागमा निर्वाचन नगराउने , जनगणना नगर्ने , एत्रा राजनितिक दलहरु अधिवेशन – महाधिवेशन भयो तर लिम्पियाधुरा बाट प्रतिनिधित्व नखोज्ने, त्यो भूभागलाई आधिकारिक नक्सा बाट बेपत्ता बनाउने , आफ्नो नक्सा जारी गर्न नसक्ने , कुर्सिको लागि रगतको खोला बगाउने , अनेक तिकडम गर्न पर्ने , सत्ता जोगाउन सांसद लाई सिंगापुर सम्म पठाउन सक्ने तर यत्तिका वर्ष देखि भारतले बनाइरहेको बाटो बारे चाल नपाउने ? यस्तालाइ कुर्सिमा राखेर सडकमा भारत विरुद्ध नारा लगाउने ?

बिहिबार, ०१ जेठ, २०७७, दिउँसोको १२:२९ बजे

सम्बन्धित खवर