६ वटै महानगरपालिकामा मतगणना सुरु हुँदै

काठमाडौं, बैशाख ३१ / सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा बिहान ८ बजेदेखि मतगणना सुरु गरिँदैछ। मतगणनाका लागि गएराति सर्वदलीय बैठकले सहमति जुटाइसकेको छ ।

चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय भएको छ भने कास्कीको पोखरा महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना थाल्ने निर्णय भएको छ ।

यस्तै ललितपुर महानगरपालिकामा आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण हुने छ ।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिका र मोरङको विराटनगर महानगरपालिकामा पनि आज बिहानदेखि नै मतगणनाको तयारी भएको छ ।

शनिबार, ३१ बैशाख, २०७९, बिहानको ०६:१६ बजे

सम्बन्धित खवर