१६ जिल्लाका ७७ केन्द्रमा मतदान स्थगित

काठमाडौं /  स्थानीय तह निर्वाचनमा देशभरका ७७ केन्द्रमा मतदान स्थगित भएको छ।

निर्वाचन आयोगको राति १० बजेसम्मको तथ्यांकअनुसार १६ जिल्लाका २८ पालिकाका ४३ मतदान स्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको हाे।

मतदान स्थगित भएका स्थानहरुमा पुनः मतदानको मिति र समय यथाशीघ्र तोक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

आयोगले देशभर ६४ प्रतिशत मत खसेको समेत जनाएकाे छ।

शनिबार, ३१ बैशाख, २०७९, बिहानको ०६:२२ बजे

सम्बन्धित खवर