डोल्पा, बैशाख ३१ / नेकपा माओवादी केन्द्रले डोल्पाको गजदुल्ला गाउँपालिकामा विजय हासिल गरेको छ । यससँगै माओवादीले जारी मतगणनामा अध्यक्ष पदमा खाता खोलेको छ । माओवादीका उम्मेदवारले एमालेका उम्मेदवारलाई हराउँदै जित हासिल गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार माओवादीबाट अध्यक्षका उम्मेदवार नरसिं रोकायाले ७७० मत पाए भने एमालेका हेमबहादुर महतराले ७४६ मत प्राप्त गरेर उपविजेता बने ।