झापामा निषेधाज्ञा केही खुकुलो

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना

 

झापा / दोस्रो लहरको कोभिड–१९ को संक्रमणको दर यस जिल्लामा घट्दो क्रममा रहेको निष्कर्षसहित जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञामा केही खुकुलो गरेको छ । तर, संक्रमणको जोखिम रहिरहेको जनाइएको छ ।

आइतवार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमडी) को बैठकपछि असार ७ गते मध्यरातसम्मका लागि निषेधाज्ञाको अवधि थपसहितको आदेश जारी गरेका छन् । ‘यसअघि जेठ ३१ गते मध्यराति १२ः०० बजेसम्म झापा जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएकोमा पछिल्ला दिनहरुमा संक्रमणको दर घट्दो क्रममा रहेको भएता पनि संक्रमणको जोखिम रहिरहेकोले मिति २०७८ जेठ ३१ गते मध्यरात १२ः०० बजेदेखि मिति २०७८ असार ७ गते मध्यरात १२ः०० वजे सम्मका लागि देहाय अनुसारको आदेश जारि गरिएको छ’– प्रजिअ तिमिल्सिनाद्वारा जारी आदेशमा भनिएको छ– ‘यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, संघसंस्था पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ ।’

के , के खुल्छ ?
१. सर्वसाधारणका लागिः–
– औषधिखरिद, उपचार तथा अति आवश्यक कामका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने ।
– खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दूध डेरी, पुस्तक, हार्डवेयर पसल विहान ६ः०० बजेदेखि १०ः०० बजे सम्म खोल्न पाइने भएकोले खाद्य पदार्थलगायत अन्य सामाग्री खरिद गर्न निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने र कुनै पनि भिडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने ।
– हाट बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायत भीडभाड हुने कार्य नगर्ने नगराउने ।
– कोरोनाको लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहको आइलोसेलन सेन्टरमा सम्पर्क राख्ने ।

२. कार्यालय सञ्चालन सम्बन्धमाः–
क. अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, वीमा लगायतका कार्यालयहरुले सेवा स्थगन गर्ने र त्यस्ता कार्यालयमा न्युनतम कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने ।
ख. सरकारी, सार्वजनिक कार्यालयका कर्मचारीहरुले कर्मचारी परिचय–पत्रका आधारमा बिहान ९ः०० बजे देखि १०ः०० बजे सम्म तथा बेलुकी ५ः०० बजे देखि ६ः०० सम्म मात्र सरकारी तथा निजी सवारी साधनमा आवतजावत गर्न पाउने ।
ग. अत्यावश्यक सेवा सञ्चालन गर्ने कार्यालयका कर्मचारीहरुको हकमा कर्मचारी परिचय–पत्रका आधारमा सरकारी तथा निजी सवारी साधनमा आवश्यकता अनुसार आवतजावत गर्न पाउने ।
३. बैंक/वित्तीय संस्था सम्वन्धमाः–

क. बैक तथा वित्तीय संस्थाहरुले बैंकिङ्ग कारोबार न्यूनतम कर्मचारीको उपस्थितिमा स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी÷गराई सञ्चालन गर्ने । साथै ब्त्ः इगतभित हरु २४ सै घण्टा सञ्चालन हुने व्यवस्था मिलाउने ।
ख. सहकारी संस्थाहरुले घर, पसल तथा समूहमा गई वचत रकम संकलन गर्ने कार्य हाललाई स्थगित गर्ने ।

४. पसल तथा व्यवसाय सञ्चालन सम्बन्धमाः–
क. औषधि र स्वास्थ्य सामग्री, इन्धन (पेट्रोल÷डिजल स्टेसन, एलपी ग्यास) बाहेक अन्य व्यवसाय पूर्ण रुपमा बन्द गर्ने ।
ख. खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दूध डेरी, पुस्तक, हाडवेयर पसल विहान ६ः०० बजेदेखि विहान १०ः०० बजेसम्म सञ्चालन गर्न पाइने । माथि उल्लेखित पसलहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने÷गराउने । सो को प्रभावकारी अनुगमन सम्वन्धित स्थानीय तह, स्थानीय उद्योग वाणिज्य संघ तथा स्थानीय प्रहरी इकाईहरुले गर्ने ।
ग. मलखाद, वीऊविजन, कुखुराका चल्ला, दाना, पशुपन्क्षीका आहार सम्वन्धी पसल स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी विहान १०ः०० बजेदेखि दिउँसो ५ः०० बजेसम्म सञ्चालन गर्न पाइने ।
घ. मोटर वर्कशपहरुले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी न्यूनतम् कामदारहरुको उपस्थितिमा विहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन गर्न पाउने ।
ङ. औषधि पसल तथा अत्यावश्यक सेवा सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्ने ।
च. सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्यूटी पार्लर, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना, आदि बन्द गर्ने ।

५. सवारी साधन सञ्चालन सम्बन्धमाः–

क. अत्यावश्यक सेवाहरु वाहेकका सबै प्रकारका सार्वजनिक एवम् निजी सवारी साधन जेठ ३१ गते राती १२ः०० बजेदेखि असार ७ गते राति १२ः०० बजेसम्म झापा जिल्ला भर सञ्चालनमा पूर्ण रुपले रोक लगाउने ।
ख. अत्यावश्यक सेवा सञ्चालन गर्ने नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले प्रयोग गर्ने सरकारी तथा निजी सवारी साधनको हकमा कार्यालयले जारी गरेको कर्मचारी परिचय पत्रको आधारमा विहान ९ः०० बजेदेखि १०ः०० बजेसम्म तथा बेलुकी ५ः०० बजेदेखि ६ः००सम्म सञ्चालन गर्न पाइने ।
ग. अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, ईन्धन तथा लुब्रिकेन्ट, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध, तथा दूधजन्य पदार्थ, मलखाद, वीऊ विजन, कुखुराका चल्ला, दाना, पशुपन्क्षीका आहार बोकेको सवारी साधन, बैङ्क, वित्तीय संस्था, रेडक्रस, दुरसञ्चार, विद्युत्, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाँकसेवा, ढुवानी लगायतका सवारी साधनहरु विषय उल्लेख गरी सञ्चालन गर्न पाइने ।
घ. यस जिल्लाबाट अन्य जिल्लाको लागि खाद्यान्न लगायतका अन्य सामग्री ढुवानी गर्ने सवारी साधनहरु सञ्चालन गर्न पाइने ।

६. उद्योग, कल–कारखाना र विकास निर्माण कार्य सञ्चालन सम्बन्धमाः–

क. उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सकेसम्म थोरै जनशक्तिबाट सञ्चालन गर्ने र त्यस्ता जनशक्तिलाई खान र बस्ने सुविधा उद्योग परिसर भित्रै मिलाउने, छुट्टै क्वारेनटाइनको व्यवस्था सम्बन्धित उद्योगले मिलाउने ।
ख. राष्ट्रिय गौरब तथा महत्वका आयोजना÷परियोजना र अति आवश्यक विकास निर्माण कार्यका लागि कामदारहरुलाई खाने बस्ने ब्यबस्था सम्वन्धित आयोजनाले निर्माणस्थलमा नै मिलाई स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
ग. विकास निर्माण संग सम्वन्धित सामाग्रीहरु ढुवानी गर्ने सवारी साधनहरु वेलुकी ७ः०० बजेदेखि विहान ६ः०० बजेसम्म सञ्चालन गर्न पाइने ।
घ. नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहबाट सञ्चालन भएका विकास निर्माण कार्यका लागि निर्माण सामग्री बोक्ने÷ बोकेका सवारी साधनलाई सम्वन्धित आयोजना÷ निकायको पत्रको आधारमा आवतजावत गर्न पाइने ।
ङ. हार्डवेयर पसल विहान ६ः०० बजे देखि विहान १०ः०० बजेसम्म खोल्न पाइने । अन्य समयमा निर्माण सामग्री आवश्यक पर्ने भएमा सम्वन्धित स्थानीय तह वा स्थानीय उद्योग वाणिज्य संघसंग समन्वय गरी गोदामबाट मात्र उपलब्ध गराउने ।

७. विवाह तथा मृत्यु संस्कार सम्बन्धमाः–

क. विवाहको लागि बढीमा १० जनासम्म जन्ती जान आउन दुलाहा–दुलहीसहित २ वटा सवारी साधनमा ५÷५ जना सम्म व्यानर राखेर प्रयोग गरी जिल्ला भित्र वा अन्य जिल्लामा आवतजावत गर्नु पर्दा अनुमति आवश्यक नपर्ने ।
ख. मृत्यु संस्कार, बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानु पर्दा सम्बन्धित व्यक्तिले उक्त व्यहोरा खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा सम्बन्धित स्थानीय तहको सिफारिस) सहित जिल्ला प्रशासन कार्यालयमा अनुमतिका लागि निवेदन पेश गर्नु पर्ने ।

८. सीमा नाका सम्बन्धमाः–

क. सीमानाका काँकरभिट्टाबाट विदेशी नागरिकको प्रवेश स्थगन गर्ने । आपूर्ति प्रणाली सुचारु राख्न काँकरभिट्टा सीमा नाका यथावत सञ्चालन गर्ने । आपूर्ति प्रणाली सम्बद्ध ढुवानी साधनका चालक र सहचालकलाई स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने गरी आवतजावत गर्न दिइने ।
ख. काँकरभिट्टा नाका बाहेक अन्य नाका तथा गौंडाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउने ।
ग. काँकरभिट्टा नाकाबाट प्रवेश गर्ने नेपाली नागरिकहरुको अभिलेख राख्ने, एन्टिजेन परीक्षण गर्ने, परीक्षणबाट पोजिटिभ देखिएकालाई आवश्यकता अनुसार नजिकको आइसोलेसन केन्द्र वा मेचीअस्पतालमा थप उपचार गराउने, नेगेटिभ देखिएकालाई आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाउने । यसको जानकारी सम्बन्धित स्थानीयद तहलाई गराउने ।

९. सभा सम्मेलनको हकमाः–

क. सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमीनार लगायतका कार्यहरुको संचालनमा रोक लगाउने ।
१०. विविधः–
क. सञ्चारकर्मी÷पत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना बिभागले जारी गरेको परिचय पत्र वा सम्बन्धित सञ्चार गृह वा पत्रकार महासंघको परिचयपत्रको आधारमा आवत जावत गर्न दिने ।
ख. अत्यावश्यक उपयोग्य बस्तु वा सेवाको आपूर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गर्नेहरु उपर कानून बमोजिम कडा कारवाही गर्ने ।
ग. अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हकमा हवाई टिकट, राहदानी, भिषा लगायतका कागजातका आधारमा सम्वन्धित व्यक्ति र निजले प्रयोग गर्ने सवारी साधनलाई यात्रा सहजीकरण गरिने ।

११. धानको वीउ छर्ने तथा धान रोप्ने समय नजिक आइरहेकोले मलखाद, वीउविजन खरिदविक्री तथा कृषि सम्वन्धी कार्यको लागि कृषकहरुलाई स्थानीय सुरक्षा इकाईले आवश्यक सहजीकरण गर्ने ।

१२. यस आदेशको पालना तथा कार्यान्वयनमा यसअघि झै आवश्यक सहयोग समन्वय तथा सहजीकरण हुन सम्वद्ध सबै सरोकारवाला र आम झापावासीमा हार्दिक अनुरोध छ ।

१३. यो आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा हुने गरी कुनै कार्य गरे÷गराईएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

सोमबार, ३१ जेठ, २०७८, बिहानको ०७:५९ बजे

सम्बन्धित खवर