नेपाली फूटबल टोलि स्वदेश फर्कियो

बैकल्पिक खवर

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणको बाँकी ३ खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टिम स्वेदश फर्किएको छ । आइतबार समूह (बी) मा रहेको नेपालले अन्तिम तीन खेल कुवेतमा खेलेर स्वदेश फर्किएको हो ।

नेपाली टिम राति ८ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याण्ड गरेको हो । नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेको हो । २३ खेलाडीसहित नेपाली टिम आइतबार राति स्वदेश फर्किएका हुन् ।

छनोट अन्तर्गत कुवेतमा नेपालले चाईनिज ताईपेई, जोर्डन र अष्ट्रेलियासंग खेलेको थियो । पहिलो खेलमा चाईनिज ताईपेलाई २–० ले पराजित गरेको नेपाल जोर्डन र अष्ट्रेलियासंग समान ३–० ले पराजित भएको थियो ।

विश्वकप÷एसियन कप छनोटको समूह बी नेपालले कूल ८ खेल खेल्दा दुई जितबाट ६ अंक जोडेको थियो । विश्वकप छनोटबाट बाहिरिसकेको नेपालले एसियन कप छनोटको तेस्रो चरणमा पुग्न अब प्लेअफ खेल्नुपर्नेछ ।

 

सोमबार, ३१ जेठ, २०७८, दिउँसोको ०४:१९ बजे

सम्बन्धित खवर