वडाध्यक्ष खुलालको पहलमा वडाका बिपन्न परिवारलाई बाख्रा वितरण

बैकल्पिक खवर

सिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले बिपन्न परिवार लाई बाख्रा वितरण गरेको छ । वडा नम्बर ६ का ५० बिपन्न परिवार लाई बाख्रा वितरण गरिएको हो ।ति बाख्रा वडा अध्यक्ष मनोज खुलाल कार्कीको पहलमा नगर पशुशाखा बाट अनुदानमा उपलब्ध गराइएको हो।                                                                                                  आफ्नो वडामा रहेका अति बिपन्न परिवारलाई दिगो आय आर्जन गर्न सहयोग पुगोस भन्ने उदेश्यले प्रती परिवार एउटाका दरले ५० परिवारलाई ती बाख्राहरु उपलब्ध गराइएको अध्यक्ष खुलालले जानकारी दिए । आज उपभोक्ता समितीका अध्यक्ष रामधन मुर्मुको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमका बिच ती बाख्राहरु लक्षित परिवारलाई वितरण गरिएको छ । ती वितरण गरिएका बाख्रा बिक्री गर्न नभएर पठाहरु उत्पादन गरि आयउपार्जन का लागि वितरण गरिएको जनाइएको छ । वितरण गरिएका बाख्राको अवस्थाको बारेमा वडा कार्यलयले नियमित अनुगमन गरिने वडाध्य्क्ष खुलालले बताए

 

 

सोमबार, ३१ जेठ, २०७८, साँझको ०५:३३ बजे

सम्बन्धित खवर