प्रदेश एक : शेरधन समर्थनको सरकार माधव पक्षको भरमा

३१ जेठ/   एमालेको नेतृत्व रहेको प्रदेश १ मा पनि मुख्यमन्त्री शेरधन राई कहिलेसम्म टिक्छन् भन्ने एमालेकै खनाल–नेपाल पक्षको चाहनामा भर पर्नुपर्ने अवस्था छ ।

९३ सदस्यीय प्रदेशसभामा हाल ९२ सांसद कायम छन् । बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्दछ, जसमा एमालेसँगै ५१ सांसद छन् । तर, तीमध्ये १८ जना खनाल–नेपाल पक्षका छन् ।

तत्कालका लागि खनाल–नेपाल पक्षले प्रदेश सरकार परिवर्तनका लागि चासो देखाएको पाइँदैन । माधव पक्षले संयमता अपनाउँदासम्म लुम्बिनी, बागमती र प्रदेश १ सरकारमाथि तत्काल कुनै खतरा छैन । तर, खनाल–नेपाल पक्षले साथ नदिएको अवस्थामा भने तीनवटै प्रदेशमा एमालेले सरकारको नेतृत्व गुमाउनुपर्ने अवस्था छ ।

​आइतबार नीति तथा कार्यक्रममाथि छलफल हुँदा माधव पक्षले पारित गर्न सहयोग गरेता पनि एमालेको दुई समूहबीच एकता नहुँदासम्म यो प्रदेशमा पनि सरकारमाथिको संकट यथावतै रहने देखिन्छ ।

सोमबार, ३१ जेठ, २०७८, रातीको ०८:४२ बजे

सम्बन्धित खवर