संघीय र प्रदेशको निर्वाचनमा माओवादी र एमाले सहकार्य गरेर चुनाव लड्न ओलीको प्रश्ताव

 काठमाण्डौ/  एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने संघीय र प्रदेशको निर्वाचनमा माओवादी र एमाले सहकार्य गरेर चुनाव लड्न प्रश्ताव गरेका छन् । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग यस्तो प्रश्ताव गरेको खुलासा भएको छ ।

स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएसँगै नेकपा एमाले र माओवादी केन्द्र नजिकिन प्रयास थालेका छन्। जेठको दोस्रो साता एमालेका पोलिटब्युरो गोकुल बास्कोटाले माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग भेट गरेदेखि सुरु भएको संवाद आइतबार भने एमाले अध्यक्ष केपी शर्मा ओलीकै तहमा पुगेको छ।

वाम गठबन्धनको सम्भावनालाई नेकपा एमाले र माओवादी केन्द्रको संस्थापनले अस्वीकार गरिरहेका बेला प्रचण्डसँग पार्टीभित्र फरक मत राखिरहेका माओवादी नेता नारायणकाजी श्रेष्ठ आइतबार बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । ओलीलाई भेट्न श्रेष्ठ उनकै निवास बालकोट गएका थिए। उनी माओवादी अध्यक्ष प्रचण्डको अनुमति लिएर ओली भेट्न गएको स्रोतले जनाएको छ।

एमाले र माओवादीबीच सम्बन्धसुधारको प्रयासअन्तर्गत ‌श्रेष्ठले ओलीलाई भेटेको बताइएको छ। कांग्रेससहितको गठबन्धन भत्काउन प्रयास गरिरहेको एमालेले पछिल्लो दिन आफ्ना नेताहरुलाई माओवादीको दोस्रो तहका नेताहरुसँग छलफल गर्न पठाएको छ।

शनिबार एमाले सचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका नेता वर्षमान पुनसँग दुईघण्टा छलफल गरेका थिए। स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उचित सहयोग नपाएरै केही तह गुमाउनु परेको माओवादीको गुनासो छ ।

मङ्गलबार, ३१ जेठ, २०७९, बिहानको ०९:०० बजे

सम्बन्धित खवर