दुईतिहाइको ओरालो यात्राबाट सिक्नुपर्ने पाठ

दिनेश दंगाल

        जब पार्टीभित्र बिचारको बहस बन्द हुन्छ, तब कम्युनिस्ट पार्टीको प्रधानमन्त्री भएको मुलुकमा राममन्दिर, ठोरी र सुनको जलहरीको बहस सुरुहुन्छ र बालुवाटार बाट राम र हनुमानको मूर्तिको यात्रा चितवन तिर लाग्छ, कम्युनिष्ट पार्टीका जिम्मेवार नेताहरु रामनामी ओडेर रथयात्राको अगुवाइ गर्छन् ।
पशुपतिमा सुनको जलहरी चढाइन्छ, होलिवाईनकोलागि प्रधानमन्त्री सोल्टी होटल पुग्छन् । पार्टी केन्द्रिय कमिटी तथा अन्य महत्वपूर्ण फोरमहरुमा धर्म निरपेक्षता, समाबेसीता र संघीयताको विरुद्धमा प्रस्ताब पेश हुन्छ, संघीयता र धर्मनिरपेक्षतामाथि नै प्रहार गरिन्छ, अहंकार र दम्भ बढ्दै जान्छ, अन्तिम सत्य त्यही हो भन्ने नित्से प्रबृत्तिको बिकास हुन्छ ।

=====================

दिनेश दंगाल
प्रधानमन्त्री केपी ओलीले पहिलोपटक गत ५ पुसमा संसद् विघटन गर्दा त्यसको खरो प्रतिरोधसमेत नगरेका देउवाले दोस्रो पटकको विघटनपछि पुनस्र्थापित संसद्बाट प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरे ।
१९ वर्षअघि संसद् विघटन गरेका देउवा अहिले आफैं केपी ओलीले विघटन गरेर अदालतले पुनस्र्थापित गरिदिएको संसद्बाट प्रधानमन्त्री बनेका हुन् ।
जनताको भावना विपरित प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको यो पहिलो प्रयास थिएन । साबिकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आफूविरुद्ध घेराबन्दी भएको भन्दै उनले ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गरेका थिए । उक्त कदम असंवैधानिक भन्दै सर्वोच्च अदालतले ११ फागुन २०७७ मा प्रतिनिधिसभा ब्यूँताइदिएको थियो ।
तर प्रधानमन्त्री ओलीले आफ्नो निर्णय सही थियो भन्ने दाबी गर्न छाडेनन् र त्यो फैसलाको पूर्ण पाठ नआउँदै दोस्रो पटक प्रतिनिधिसभा विघटन गरे । त्यसलाई पनि सर्वोच्च अदालतले बदर गरिदिएको छ । यो विचको ओलीको वरिपरि घुमेको राजनीतिक गोलचक्करले एमालेमात भूकम्प ल्यायो नै सिंगो कम्युनिष्ट पार्टीपनि चिरा चिरा बनायो र कार्यकर्ताको वितिष्णा पैदा गरायो ।
भनिन्छ, सिद्धान्त कम्युनिष्ट पार्टीको आत्मा हो । यो आत्मा बिनाको कम्युनिस्ट पार्टी अन्य पुरातन बुर्जुवा पार्टी सरह हुन्छ र त्यसले परिणाम दिदैन यदि दियो भनेपनि त्यसको परिणाम पश्चगामी प्रकृतिको हुन्छ । अहिले एमाले पार्टीमा देखिएको समस्या यही प्रवृति जन्य बुर्जुवा सैली हो ।
जब पार्टीभित्र बिचारको बहस बन्द हुन्छ, तब कम्युनिस्ट पार्टीको प्रधानमन्त्री भएको मुलुकमा राममन्दिर, ठोरी र सुनको जलहरीको बहस सुरुहुन्छ र बालुवाटार बाट राम र हनुमानको मूर्तिको यात्रा चितवन तिर लाग्छ, कम्युनिष्ट पार्टीका जिम्मेवार नेताहरु रामनामी ओडेर रथयात्राको अगुवाइ गर्छन् ।
पशुपतिमा सुनको जलहरी चढाइन्छ, होलिवाईनकोलागि प्रधानमन्त्री सोल्टी होटल पुग्छन् । पार्टी केन्द्रिय कमिटी तथा अन्य महत्वपूर्ण फोरमहरुमा धर्म निरपेक्षता, समाबेसीता र संघीयताको विरुद्धमा प्रस्ताब पेश हुन्छ, संघीयता र धर्मनिरपेक्षतामाथि नै प्रहार गरिन्छ, अहंकार र दम्भ बढ्दै जान्छ, अन्तिम सत्य त्यही हो भन्ने नित्से प्रबृत्तिको बिकास हुन्छ ।
जनताहरु अदालतको सहारा लिन बाध्य हुन्छ्न । जब अदालतले जनताको पक्षमा फैसला गर्छ, त्यसपछि अदालत र यसको फैसलाका विरुद्ध सडकमा टायर बालिन्छ, राजनीतिक प्रशिक्षण बन्द हुन्छ, ब्यक्तिको पूजा गरिन्छ र महिमा गाउँन सुरुहुन्छ । यही चरित्रले हो कम्युनिष्ट पार्टीको पतन गराउने ।
पार्टीभित्रका कोही छुरा बनेर भित्रभित्रै घोच्ने र कोही कैची बनेर टुक्राउने खेलमा कम्मर कसेर लाग्नेहरुको पनि कमि देखिन्न । ३ फागुन २०७४ देखि २८ असार २०७८ सम्म प्रधानमन्त्री पदमा रहे केपी ओली । झण्डै दुई तिहाइ बहुमत सहित नेकपाको शक्तिशाली अध्यक्ष र प्रधानमन्त्रीको रूपमा सत्तामा प्रवेश गरेका थिए उनी । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातमध्ये ६ प्रदेशमा प्रदेश सरकार र अधिकांश जसो स्थानीय तहको नेतृत्व हात पारेको थियो । तर, पछिल्ला तीन वर्षमा उनले संविधान, कानून र विधिलाई थन्क्याएर आफ्नो मनलाग्दी शासन चलाउने प्रयत्न गरे । संविधानले व्यवस्था गरेका लोकतान्त्रिक मान्यता, स्वतन्त्रता माथि बलमिच्याइँ गरे । संवैधानिक निकायको स्वायत्ततामा अंकुश लगाउने प्रयत्न गरे । यसको परिणाम उनी दुईतिहाइको बलबाट क्रमशः गिर्दै अन्तत पदच्यूत हुनुप¥यो । यसको मुख्य दोषी अरु कोही नभएर उनी आफै हुन् । उनको घमण्ड, अहँकार र दम्भनै कारण बन्यो ।
नवनियुक्त प्रधानमन्त्री शेरवहादुर देउवा र उनको नेतृत्वमा सरकारमा पुगेका सबै दलहरुले यो घटनाबाट पाठ सिक्नुपर्ने हुन्छ । नवनियुक्त प्रधानमन्त्रीसहित सम्पूर्ण मन्त्रीहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना ।

बुधबार, ३० असार, २०७८, दिउँसोको १२:५८ बजे

सम्बन्धित खवर