नेपाल लाई फासीको माग गर्दै ओली समुहका युवाहरु द्वारा घर घेराउगर्ने तयारी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली समूहका युवाहरुले नेता माधव नेपालको घर घेर्ने तयारी गरेका छन् ।सुरक्षा स्रोतका अनुसार ओलीलाई बुधबार बालुवाटारबाट बालकोट पुर्‍याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेको हो । माधब नेपालका कारण ओलीले सत्ता छोड्ने अबस्था आएको भन्दै उनी निकट युवाहरुले सामाजिक संजालमा आक्रोस पोखिरहेका छन ।

सुरक्षा स्रोतका अनुसार युवाहरुको टोलीलाई माधव नेपालको घरतर्फ जानबाट रोक्न प्रहरी परिचालन गरिएको छ । आज मात्रै बालकोट पुगेका ओलीले नेता नेपाललाई एमालेमा कुनै स्थान नभएको बताएका थिए । ओली समूहका युवाहरुले भने नेपाललाई फाँसी दिन माग गरेका थिए । यो समाचार बाह्रखरी डटकमले प्रकाशन गरेको छ ।

 

बुधबार, ३० असार, २०७८, दिउँसोको ०३:१९ बजे

सम्बन्धित खवर