कविता : अबरोधको प्रतिक्रिया

 

फर्कन मन लागेछ , बाल्यकालमा
नपुग्ने हुन्छ करणीले , मनोस्थितिले सहि ।

प्रेम हुनलागेको छ अज्ञानतासँग
घरीघरी बाच्न मन छैन अब झुठो सम्झौतासँग ।

निष्ठाका पल्लाहरुमा उतारचढाव गर्ने ब्यापारी देख्छु सर्वत्र;
हत्याहिंसा ,बलात्कार ,नानाथरीका अपराध लुकाउने बहुतधारीहरु देख्छु सर्वत्र ।

जहाँ बहुमतले अल्पमतलाई
पुँजीपतिले सर्वहारालाई
ब्राह्मणले सुद्रलाई र
अतिवादले मुलकलाई , ठुलो माछाले सानो माछालाई गर्ल्याम खाएको झै अवस्था छ ।

धिन लाग्छ बुझ्न् अब यो स्थिति
फेरि पनि बाच्न मन लाग्दैछ त्यो मिति ।
जहाँ म जन्मिएको त थिए तर मेरा विचार आमाकी कोख्मै हुन्थे ।

भलेही मेरो अज्ञानी चेतनामाथी आमाकी विचारका प्रभुत्व सत्ता हुन्थ्यो तर निस्वार्थ र भरपुर माया पाउने गर्थे उनकी राज्यमा ।
मलाई प्रवासी गर्देउ या दुवाले पुग्छ भने फर्काइ देउ बाल्यकालमा।

अब बस्नु छैन बुझ्ने गरि यो राज्यमा।
जहाँ टाउको बेचेर टोपी र खुट्टा बेचेर धोती लगाउने चल्नछ ।
जहाँ वारि कि पारी को खेल हुन्छ ।
नक्कली राष्ट्रवाद मौलाउछ जहाँ युरोप केन्द्रित राजनीतिको गर्दीघमासान मेल हुन्छ ।

 

बस्नु मन छैन यो राज्यमा,
जहाँ विचार, उमेरको कदर गर्ने नैतिकता, पद, पैसा र बहुमत द्वारा शोषित छ ।

जहाँ बेइमान जनता, ठग नेताकार्यकर्ता र भ्रष्ट कर्मचारीहरुको बिगबिगी छ ।
सत्य हजारौंको भिडमा एकलिएको छ जहाँ , बस्नु छैन अब मलाई बाल्यकालमा फर्काइ देउ ।

बुधबार, ३० असार, २०७८, साँझको ०५:१० बजे

सम्बन्धित खवर