दमकमा प्रधानन्यायाधीशको पुत्ला दहन

 

दमक /  गणतन्त्र चोकमा भेला भएका एमाले कार्यकर्ताहरुले अदालतको आदेशविरुद्ध जुलुश निकाल्दै ओलीका पक्षमा नारा लगाएका छन् । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिका बीच भएको जुलुश प्रदर्शनमा एमाले कार्यकर्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पुत्ला पनि दहन गरेका छन् ।

उक्त जुलुशले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । प्रदर्शनमा एमाले कार्यकर्ता, स्थानीय नेता, एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिलगायतको सहभागीता थियो । उनीहरुले आफ्नै पार्टीको सरकार ढाल्न र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न अगुवाई गरेका आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल तथा उनीसम्वद्ध खेमा प्रति तीव्र आक्रोश पोखेका छन् ।

उनीहरुले आफ्नै पार्टीको सरकार ढाल्न र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न अगुवाई गरेका आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल तथा उनीसम्वद्ध खेमा प्रति तीव्र आक्रोश पोखेका छन् ।

 

बुधबार, ३० असार, २०७८, रातीको ०९:२१ बजे

सम्बन्धित खवर