प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि मनोनयन आज

  विराटनगर /   प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ताको आज गरीदैं छ । बुधबार सार्वजनिक कार्यसूची अनुसार  बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ ।

मनोनयन पश्चात् आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ। मतदान भोलि दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तत्कालीन उपसभामुख शिवमाया तुमबाहाङ्फेले २०७६ साल माघमा राजीनामा दिएपछि करिब तीन वर्षदेखि उपसभामुख पद रिक्त रहेको छ ।

बिहिबार, ३० असार, २०७९, बिहानको ०८:४३ बजे

सम्बन्धित खवर