नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै बजेट कार्यान्वयन

विराटनगर / आगामी आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको लागि चालु आर्थिक वर्षमै प्रदेश १ सरकारले कार्ययोजना निर्माण गरेको छ ।

प्रदेश सरकारका सबै मन्त्री र सचिबहरुको उपस्थितिमा विराटनगरमा बुधबार आयोजित कार्यशालामा आगामी वर्ष ९५ प्रतिशत बजेट खर्च गरिसक्ने गरि क्यालेन्डरसहित कार्ययोजना तय गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

चालू वर्ष ९० प्रतिशत खर्च गरेर देशभरिको उत्कृष्ट प्रगति हासिल गरेर हौसिएको प्रदेशले आगामी वर्ष योजनाबद्ध खर्च गरेर सबैलाई मार्गदर्शन प्रस्तुत गरिने सहभागी सचिबहरुले बताएका थिए । कार्यक्रममा प्रदेश आर्थिक मामिला सचिवले कार्यपत्र प्रस्तुत गरेका थिए भने सबै मन्त्रालयका सचिवहरुले बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो तथा मुख्यमन्त्री राजेन्द्र कुमार राईले कार्ययोजना कार्यान्वयनमा जस्तोसुकै सहजिकरण गरिने प्रतिद्धता जनाएका थिए । नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै बजेट कार्यान्वयनमा लैजानेगरि काम थालिएको मन्त्री आङ्बोले जानकारी दिएका छन् ।

बिहिबार, ३० असार, २०७९, बिहानको ०८:५१ बजे

सम्बन्धित खवर