प्रदेश १ मा कृषि= तालिम, गोष्ठी र कार्यक्रम गरेरै बजेट सकियो

विराटनगर, असार ३०/  प्रदेश १ मा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार प्रदेशभरका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका ६०५ वटा पकेट क्षेत्र छन् । यस्तै ७७ वटा ब्लक र १४ वटा जोन तथा एउटा ‘सुपरजोन’ छन् ।
प्रदेश १ का विभिन्न जिल्लालाई उत्पादन सम्भाव्यता र क्षमताको आधारमा जोन, सुपरजोन आदिमा वर्गीकरण गरी कृषि क्षेत्रको विकास र विस्तारका लागि प्रयास गरिरहेको उक्त आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । तर, कार्यक्रम अनुसार परिणाम भने उल्लेख्य नरहेको विज्ञहरु बताउँछन् ।
‘परिकल्पना गरिए अनुसार कार्यक्रम नै छैन । यसले कृषि उत्पादनमा आत्मनिर्भर बनाउने परिकल्पना गरेको छ । पकेट क्षेत्र, ब्लकमा विस्तारै उद्योग स्थापना गर्ने लक्ष्य पनि लिइएको छ,’ कृषि विज्ञ तथा प्रदेश १ कृषि मन्त्रालयका पूर्व उपसचिव राजेन्द्र उप्रेतीले भने, ‘ब्लक बढाएर जोन, जोन बढाएर सुपरजोन बनाउने भन्ने उद्देश्य हो । तर, कार्यक्रम चाहिँ राम्ररी चलेको छैन ।’
प्रविधि बढाउने, उद्योगमा विकास गर्ने कुरामा पनि ध्यान दिएको नदेखिएको उनको भनाइ छ ।
उप्रेतीको कुरामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी हिक्मतकुमार श्रेष्ठ सहमत छैनन् । ‘राम्ररी कार्यक्रम चलाएको ठाउँमा परिणाम राम्रो आएको छ, कार्यक्रम नै गर्न नसकेको ठाउँमा त परिणाम आउँदैन नि,’ श्रेष्ठको भनाइ छ । हालसम्मको प्रगति विवरण साउनको दोस्रो हप्ताभित्रमा सार्वजनिक हुने उनले जानकारी दिए ।

 

बिहिबार, ३० असार, २०७९, साँझको ०५:४२ बजे

सम्बन्धित खवर