रैथाने वाली प्रवद्वन कार्यक्रमका लागि ३ लाख ६० हजार

  गौरीगंज /    गौरीगंज गाउँपालिकाले कृषि क्षेत्रलाई लक्ष्य बनाएर ७५ लाख रूपैयाँ ( वार्डको बाहेक) बजेट विनियोजन गरेको छ । त्यसका लागि गाउँपालिकाले रैथाने वाली प्रवद्वन ( कृषक समूह) का लागि ३ लाख ६० हजार, हरियो मलका लागि कोसेवालीका बीउ वितरण ( ढैचा र मुङ) का लागि ३ लाख, गोठे मल सुधारका लागि भकारो पिठ निर्माणका लागि ७ लाख ५० हजार, कृषि औजार उपकरण वितरण कार्यक्रम अन्तर्गत पावर टिलर ५० प्रतिशत अनुदानमा १ लाख ५० हजार सम्म अनुदानका लागि १० लाख ३५ हजार, मकै छोड्याउने मेसिन ७५ प्रतिशत अनुदानका लागि ३ लाख ५१ हजार, विपन्न वर्गका लागि कृषकहरूलाई साना सिंचाईका लागि ६० प्रतिशत अनुदानमा मोटर वितरणलगायत प्रस्तावना तथा मागका आधारमा आधारित कार्यक्रमका लागि ( कृषि समूह, कृषि फर्म) ७ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी गाउँपालिकाले पावर स्प्रे ट्यांकी अनुदान, कृषि चुन अनुदान, झोलासहित च्याउ कीट अनुदानलगायत तराई सिंचित कृषि प्रर्वद्वन परियोजनाका लागि वजेट विनियोजन गरेको छ ।
बहु वर्षे घाँस खेती विस्तार, मखन निकाल्ने मदानी अनुदान, व्यवसायिक बाख्रा पालनका लागि गोठ सुधार कार्यक्रम, माछा पोखरी निर्माण, पशु स्वास्थ तालिम, साना बंगुर सुँगुर खोर सुधार, कुखुरा पालनका लागि गोठ सुधार, मोटरसहितको च्यापकटर अनुदान लगायत विभिन्न पशु सम्बन्धि कार्यक्रमका लागि ३५ लाख रूपैयाँ वजेट गाउँपालिकाले विनियोजन गरेको छ ।
एक सहकारी एक उत्पादन अभियान सञ्चालन गरि साझेदारीको रूपमा सहकारीलाई उत्साहित गर्दै कृषि तथा अन्य कार्यक्रमहरू सञ्चालन गर्नेछ ।
साथै गाउँपालिकाको गत आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक गरेको धेरै नीति तथा कार्यक्रमहरूलाई प्राथमिकताको आधारमा निरन्तरता दिएको छ । एक घर एक दुधालु गाई, दीर्घ रोगी नागरिकलाई उपचार खर्च उपलब्ध गराउने, दुःखको साथी, भरोसा राखौं गाउँपालिका माथिलगायतका कार्यक्रमहरूलाई निरन्तरता दिईएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँंवरले आर्थिक वर्ष २०७९/८० को वजेट प्रस्तुत गरेकी थिईन । उपाध्यक्ष कुँवरले गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को लागि ४७ करोड २८लाख ८९ हजार ३ सय ७० रूपैयाँ अनुमानित वजेट प्रस्तुत गरेकी थिईन् । गाउँसभामा आागामी आर्थिक वर्षको आय –व्ययको अनुमान विवरण प्रस्तुत गरेकी हुन् ।
उनले चालू व्यय तर्फ २५ करोड ८६ लाख २३ हजार, पुजीँगत तर्फ २१ करोड ४२ लाख ६६ हजार ३ सय ७० रूपैयाँ प्रस्तुत गरेकी थिईन । आय तर्फ नेपाल सरकार समानिकरण अनुदान १३ करोड ३६ लाख, सशर्त अनुदान १८ करोड ९३ लाख, राजस्व बाँडफाँड संघिय सरकार ९ करोड ६२ लाख ३२ हजार, प्रदेश सरकार समानीकरण अनुदान ७२ लाख २४ हजार, सशर्त अनुदान २६ लाख २३ हजार, राजस्व बाँडफाँड प्रदेश सरकार ९२ लाख १० हजार ३ सय ७९ हजार रूपैयाँ र अल्या आन्तरिक श्रोत रू २ करोड ७ लाख रहेको उपाध्यक्ष न्यौपानेले सार्वजनिक गरेकी थिईन ।
न्यौपानेले आर्थिक वर्ष २०७९/०८० का लागि गौरीगञ्ज गाउँपालिकाको प्रशासनिक तथा कार्यालय सञ्चालन तर्फ ७ करोड, पुँजीगत तर्फ २ करोड २५ लाख, कृषिमा ७५ लाख, पशुसेवामा ३५ लाख, पर्यटनमा २ लाख, सहकारीमा ३ लाख, शिक्षामा २ करोड, स्वास्थ्यमा १ करोड १० लाख, युवा तथा खेलकुदमा १५ लाख, पुर्ण सरसफाईमा ३ लाख, शहरी विकासमा २० लाख, सडक र पुल निर्माण २ करोड १५ लाख, भवन निर्माणमा २५ लाख, विद्युतमा ५१ लाख रूपैयाँ वजेट विनियोजन भएको सार्वजनिक गरेकी थिईन ।

बिहिबार, ३० असार, २०७९, साँझको ०५:५३ बजे

सम्बन्धित खवर