आगलागी पीडित परिवारलाई सिलाई मेसीन 

धरमपुर, २९ भदौ /  आगलागीबाट पीडित झापा,शिबसताक्षी २ धरमपुरस्थित मंगलबारेका दुई जना परिवारलाई नेकपा माओवादी केन्द्रले लुगा सिलाउने मेसीन दिएको छ ।
नेकपा (माओवादी केन्द्र ) शिबसतासी नगर कमिटीले  अग्नीपीडत दुई परिवारलाई राहत स्वरुप लुगा सिलाउने मेसिन उपलव्ध गराएको हो ।
पार्टीका शिबसतासी २ का अध्यक्ष भिम नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सासद झलकसिह दर्लामी, नगर अध्यक्ष महेन्द्र भट्टराईले सो सामाग्री हस्तान्तरण गरे । गत जेठ १० गते भएको आगलागीबाट नन्दकला राई र नेत्र चिमरियाको घर पूर्ण रुपले जलेर नष्ट भएको थियो ।
सिलाइ कटाईले जीवनयापन गरिआएका कुमार महरा र नन्दकला राईलाई सिलाउने मेसिन र इन्टर लक मेसिन हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष भट्टराईले नगरपालिकाले दमकल खरिद नगर्दा नगर भित्र हुदैआएका यस्ता आगलागीका घटनाबाट अकालमा जनधनको क्षति ब्यहोर्नु परेको वताए ।
त्यस्तै, प्रदेशका सचेतक समेत रहेका सांसद दर्लामीले राज्यबाट पीडितहरुलाई राहत दिलाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सल्लाहकार दिपक बुढाथोकी, नगर सदस्य भुवन राई,सन्जय राई। वाईसीएल नगर कमिटी उपाध्यक्ष गोपाल नेयोङ, सचिव भुवन सेन्दाङ, वार्ड ३ का अध्यक्ष राजु लिम्बु लगायतको उपस्थिति रहेको थियोे ।

मङ्गलबार, २९ भदौ, २०७८, बिहानको ०८:५१ बजे

सम्बन्धित खवर