झापामा पृथक विशेषता बोकेको नगर शिवसताक्षी

– धार्मिक स्थल, पर्यटन क्षेत्र र कृषि विकासका पूर्वाधार –

      नगरप्रमुख भन्नुहुन्छ –‘यहाँको मुख्य आकर्षण माइखोलाको बाँध, सुन्दर प्राकृतिक दृश्य, कन्काई माई नदी, पहाडी दृश्य, वनभोजस्थल नै हुन् । गत पौडी खेल्ने, डुंगा, कन्काईमा भएका जलचर हेरेर रमाउने र एकान्त वातावरणले गर्दा हजारौं पर्यटक दोमुखा आउँछन् ।’ मनोरञ्जनात्क स्थान, लोपोन्मुख प्रजातिका जनावर र झोलुंगे पुल भएकाले वनभोजका लागि दोमुखा गन्तव्य बन्दै गएको छ । यसको अलावा स्थानीय स्तरमा धेरै पर्यटकीय स्थानहरु रहेको छन् ।

बैकल्पिक खवर

दमक, २९ भाद्र /   झापाको शिवसताक्षी नगरपालिका पूर्वीतराई जिल्लामा पृथक विशेषता बोकेको नगरको रूपमा चिनिन्छ । पर्यटन र कृषि नगर समृद्धिका आधार हुन् । समृद्ध र आत्मनिर्भर नगरपालिका निर्माणका लागि कृषि र पर्यटन क्षेत्रको विकास गर्ने नगरको योजना छ । नगरपालिकाको ८४ प्रतिशत जमिन नहरबाट सिंचित छ । शिवसतासी–७ मा रहेको चन्द्रडाँगी कृषि फार्म नगरको गहना हो । दोमुखा, सतासीधाम र डुडामारी सिमसार विशेष पर्यटन क्षेत्र हुन् ।

धार्मिक पहिचान र महत्व
सताक्षिधाम धार्मिक क्षेत्र, दोमुखा पर्यटकीय क्षेत्र, चिल्लागढ ऐतिहासिक साँस्कृतिक क्षेत्र लगायत विभिन्न मठ मन्दिर, गुम्बा तथा खोलानाला, नहर, कुलो, पोखरी, सिमसार क्षेत्र तथा हरिया वनहरुले यस नगरपालिकालाई शान्त, आकर्षक र रमणिय बनाएको नगरप्रमुख चन्द्र कुमार शेर्मा बताउनु हुन्छ ।
अन्य नगरपालिकाहरुको तुलनामा विकासका पूर्वाधारहरु कम भएता पनि अत्याधिक सम्भावना बोकेको क्षेत्रको रुपमा यस नगरलाई चिनिन्छ । परम्परागत ऐतिहासिक तथा धार्मिक क्षेत्र सतासीधाम हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँको रूपमा चिनिन्छ । अर्को किम्वदन्ती अनुसार पाण्डवहरूको वनवासको अन्तिम समयमा एक वर्षको गुप्तवास बस्नु पर्ने भएको र सो गुप्तवास सफल होस् भनेर यस स्थानमा पाण्डवहरूले सत्ताक्षी देवीको आराधना गरेको हुँदा यस धामको नाम सत्ताक्षीबाट सतासी रहन गएको हो भन्ने भनाइ छ । यस्तै असिम विशेषता बोकेको सतासीधाम उत्तर चुरे पहाडको फेदी इलाम जिल्लाको सिमानासँग जोडिएको हुँदा वार्षिक हजारौं भक्तजन सतासीधाम आउँछन् ।

दोमुखाको दृष्यले मन लोभ्याउछ
अर्को पर्यटकीय क्षेत्र दोमुखा दृश्यावलोकनका लागि पूर्वको उत्कृष्ट गन्तव्य हो । देशका विभिन्न ठाउँबाट मानिसहरू शीतल महसुस गर्न मात्र पनि दोमुखा पुग्ने गर्छन् । निरन्तर बग्ने माई खोलाको सौन्दर्यले यहाँ आउने पर्यटक घण्टौँ बिताउने गर्छन् । नगरप्रमुख भन्नुहुन्छ –‘यहाँको मुख्य आकर्षण माइखोलाको बाँध, सुन्दर प्राकृतिक दृश्य, कन्काई माई नदी, पहाडी दृश्य, वनभोजस्थल नै हुन् । गत पौडी खेल्ने, डुंगा, कन्काईमा भएका जलचर हेरेर रमाउने र एकान्त वातावरणले गर्दा हजारौं पर्यटक दोमुखा आउँछन् ।’ मनोरञ्जनात्क स्थान, लोपोन्मुख प्रजातिका जनावर र झोलुंगे पुल भएकाले वनभोजका लागि दोमुखा गन्तव्य बन्दै गएको छ । यसको अलावा स्थानीय स्तरमा धेरै पर्यटकीय स्थानहरु रहेको छन् ।

कृषिमा अब्बल सम्भावना
आर्थिक समृद्धिका लागि पहिलो पक्ष त कृषि क्षेत्रलाई जोड दिएर लागिपरेका छौँ साथै फलफूल खेती पशुपालन र नगदेबालीलाई आर्थिक उन्नतिका लागि प्रमुख पक्ष मानेर नीति तथा कार्यक्रम ल्याएका छौँ र अबको नयाँ पुस्तालाई प्राविधिक तथा व्यावहारिक शिक्षा प्राथमिकतामा राखेर युवा स्वरोजगार, महिला आत्मनिर्भरका कार्यक्रम पनि ल्याएको नगरप्रमुख चन्द्र कुमार शेर्मा बताउनु हुन्छ । जुन नगरपालिकाको आर्थिक उन्नतिको महत्वपूर्ण पक्ष पनि हो । परम्परागत खेती प्रणालीलाई त्यागेर आधुनिक खेती प्रविधि अंगाल्न किसानलाई प्रेरित गरिरहेका छौँ ।
यहाँका अधिकांश नागरिक कृषि पेशामा निर्भर छन् । सिंगो नगरपालिकाको ८४ प्रतिशत जमिन नहरबाट सिंचित छ । शिवसतासी जस्तो नहर सिंचित नगर प्रदेश–१ मा कमै छन् । नगरपालिकाको– २, ३, ४, ५, ६, ७, ९, १० वडामा कनकाई सिँचाइ आयोजनाद्वारा सिँचाइ हुँदै आएको छ । शिवसतासी– ७मा रहेको चन्द्रडाँगी कृषि फार्म नगरको कृषि क्षेत्रको गहना हो । ८४ बिघामा फैलिएको उक्त कृषि फार्म २०३२ सालमा स्थापना भएको हो । क्षमताअनुसार बीऊ उत्पादन हुन सकेको उपप्रमुख भोजकुमारी नेपालले बताउनु भयो । कृषि फार्ममा खाद्यान्न बाली धान, मकै र गहुँको मूल बीऊ उत्पादन हुँदै आएको छ । फार्मले वार्षिक १२ जातको धानको बीऊ उत्पादन गर्दै आएको छ ।
जन प्रतिनिधिहरु निर्वाचित भै आए पश्चात नगर कार्यपालिकाले नगर कार्यपालिका कार्य विभाजन नियमावली, कार्य सम्पादन नियमावली लगायतका विभिन्न नियमावली र कार्यविधिहरु स्विकृत गरी त्यसैका आधारमा नगरकार्यपालिकाका दैनिक प्रशासनिक तथा विकासात्मक कार्यहरु सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई बताउनु हुन्छ ।


नगरको बनौट
नगरपालिकाको केन्द्र वडा नं. ७ स्थित ब्याङ्गडाँडामा रहेको छ । झापाको शिवसताक्षि नगरपालिका, पाँचगाछि गाविस, तथा धरमपुर गाविस सम्मिलित गरी बनेको हो । जम्मा ११ एघार वटा वडामा विभाजन गरीएको यस नगरपालिकाको कुल क्षेत्रफल १४५ दशमलव ४८ वर्ग कि.मी. रहेको छ । २०७५ को घरधुरी सर्वेक्षण अनुशार यस नगरपालिकाको जनसंख्या ७४हजार ३ सय ६६ रहेको छ । नगरपालिकाको पूर्वमा कन्काइ नगरपालिका उत्तरमा इलाम चुलाचुली, पश्चिममा कमल गाउँपालिका र दक्षिणमा झापा गाउँपालिका र गौरीगंज गाउँपालिका रहेका छन ।

 

मङ्गलबार, २९ भदौ, २०७८, दिउँसोको ०३:१३ बजे

सम्बन्धित खवर