दमकमा डेंगु भगाउने अभियान शुरु

   दमक/ दमक नगरपालिकाले डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्न र घर वरपर सरसफाई गर्न सचेतना जगाउने उदश्यले लामखुट्टे नष्ट अभियान शुरु गरेको छ ।
अभियानको उद्घाटन गर्दै नगरप्रमुख रामकुमार थापाले सबैको सक्रियतामा डेंगुको लार्भा नष्ट गर्न सकिने भएकाले सबै नगरवासीको साथ र सहयोग आवश्यक रहेको बताए । अभियानको उदेश्यबारे प्रष्ट पार्दै नगर स्वास्थ्य अधिकृत नगेन्द्र भट्टराईले डेंगु नियन्त्रणमा लार्भा नष्ट गर्नुको विकल्प अरु नभएकाले पानी जम्न नदिने र घर वरपर राखिएका टायर र पलाष्टिकका बट्टाहरु हटाउन अनुरोध गर्दै अभियान चलाउने योजना बनाइएको जानकारी दिए ।
अभियानमा उपप्रमुख रेगिना भट्टराई प्रसाईं, नगरका कर्मचारी, प्रहरी प्रशासन, स्काउटा विद्यार्थीहरु, दमक नगरमा क्रियाशिल साथीभाइ समुह, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । अभियानले नगर परिक्रमा गरेको छ ।
अभियान निरञ्तर चलाइने र सो क्रममा ग्यारेजमा राखिएका सवारीसाधनका थोत्रा टायरमा जमेको पानीमा सबैभन्दा बढी डेंगु फैलाउने लामखुट्टेको लार्भा भेटिने स्थान भएकाले डेंगु नियन्त्रण गर्न सो क्षेत्रमा सचेतना जगाउने र लार्भा नष्ट गर्ने बताइएको छ ।

बुधबार, २९ भदौ, २०७९, बिहानको ०९:१४ बजे

सम्बन्धित खवर