शेयरबजार परिसुचक नेप्से उकालो लाग्यो

शेयरबजार परिसुचक नेप्से आज पनि उकालो लागेको छ । नेप्से आज ४७ दशमलव ४४ अंकले उकालो लागेर एक हजार नौ सय ८१ दशमलव ४८ विन्दुमा पुगेको हो । सबै समूहको शेयर बढेकोमा फाइनान्स, विकास बैंक, माइक्रो फाइनान्स र उत्पादन समूहको शेयर उच्च अंकले उकालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।

दुई सय २७ वटा कम्पनीका ४६ लाख १८ हजार ५ सय १६ कित्ता शेयर एक अर्ब ४५ करोड ३८ लाख २४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशत तथा लिबर्टी इनर्जी कम्पनीको शेयर झण्डै साढे आठ प्रतिशतले बढेको छ । एनआईसी एसिया क्याप फन्डको शेयर १० प्रतिशतले घटेको छ ।

बुधबार, २९ भदौ, २०७९, साँझको ०६:११ बजे

सम्बन्धित खवर