लिम्बुले दसैँ मनाउन छोडिसके

दसैँ कतिपय लिम्बुहरुले करिब–करिब मनाउन छोडिसके । जसको घरमा हिजो गोर्खालीले दिएका नगरा निशानहरु छन्, जो सुब्बा थिए, उनीहरुले निरन्तर रुपमा दसैँ मनाइरहेका छन्, जसलाई राज्यले सुबाङ्गी अमालीको अधिकार दिएको थियो, उनीहरुले अहिलेसम्म मार हान्ने, दसैँ मनाउने गरिरहेका छन् । घटस्थापनाको दिनमा जमरा राख्ने गरिन्छ । नौरथा लागेदेखि नै सुब्बाहरूले नगरा बजाउँछन् ।

इतिहासमा अध्येता एवं लालीगुराँस नगरपालिका (तेह्रथुम) का मेयर अर्जुनबाबु माबुहाङका अनुसार गोर्खालीले लिम्बुवान जितिसकेपछि लिम्बुहरुसँग एउटा सम्झौता भयो, सम्झौता अनुसार केन्द्रमा शासन गोर्खालीहरुको भयो, स्थानीय शासकहरुमा सुब्बाहरुलाई राखियो, उनीहरुलाई ढाल, तरबार, बन्दुक दिई लडाईंका लागि तयार पारे । त्यसैले सुब्बाङ्गी शासन (किपट प्रथा) एउटा साझेदारी शासन थियो ।

लिम्बुहरुले फूलपाती ल्याएर बढाईं गर्ने गरेको उनलाई अहिलेसम्म थाहा छैन, नवमीको दिनमा गोर्खालीले दिएको नगरा निशान जे जति छन्, त्यो सबै बाहिर निकाल्छन् र पूजा गर्छन् । दुर्गा भवानीको स्तुति गाइन्छ । मालश्री गाउँछन् । दशमीको दिनमा टीका लगाइन्छ । सुब्बालाई त्यतिबेला मान्नुपर्ने प्रचलन थियो । माबुहाङ भन्छन्, ‘जस्तोसुकै मै हुँ भन्ने बाहुन, क्षेत्रीले दहीको ठेका इत्यादि लिएर सुब्बा मान्न आउनुपर्दथ्यो र सुब्बाले टीका लगाइदिनु पर्दथ्यो । सुब्बालाई बाहुनले मान्नु भनेको स्थानीय शासकलाई मान्नु हो नि त ।’

उनका अनुसार त्यतिबेला क्षत्री, बाहुनभन्दा लिम्बुको दसैँ थोरै अलग के थियो भने, विवाह भएपछि पहिलो पटक दसैँको टीका लगाउन जाँदा ज्वाईंले सुँगुर लिएर जानुपर्दथ्यो, आन्द्रा भुँडी सबै निकालेर, खुट्टा बाँधेर, सयपत्री अथवा फूलको थुङ्गो खुट्टामा र मुखमा राखेर लानुपर्दथ्यो र ससुरालाई टीका दस्तुर बुझाइन्थ्यो । सामान्य रुपमा अझै केहीले यो परम्परा मान्दै आए पनि अहिले खासै प्रचलनमा छैन ।

लिम्बुहरुको संस्कृतिले साझेदारी नेतृत्वको शासनलाई वैधता दिएको थियो । लिम्बुहरुले दसैँ मान्नु भनेको शासनसँग पनि सम्बन्धित थियो । तर, अहिले धेरै लिम्बुहरुले दसैँ मान्दैनन् ।

माबुहाङ भन्छन्, ‘बहुदल आएपछि गोरेबहादुर खपाङ्गीको कुरा आयो । उनले दसैँ नमान्ने अभियान ल्याए, त्यसपछि माओवादीको जनयुद्धले पनि दसैँ खाइदियो । जनयुद्धले संस्कार, संस्कृति त सबै मरे नि त । कम्युनिष्टले धर्म मान्दैनन्, संस्कार र संस्कृति कम्युनिष्टले मान्दैनन् भन्ने गर्दथे । पहिले दसैँ भनेपछि नयाँ लगाउने, मिठो खाने भन्ने हुन्थ्यो, आजकाल त्यस्तो रहर खासै कसैलाई हुँदैन । दिनदिनै मिठो खाइरहेकै छन्, राम्रो लगाइरहेकै छन्, त्यसैले पनि दसैँको महत्व पछिल्ला दिनमा खासै छैन ।’

माबुहाङ भने दसैँलाई पूर्खा र गोर्खाली शासकहरुको साझेदारी अवशेषका रुपमा लिन्छन् । उनका अनुसार सुब्बाहरुले यसलाई पुरानो इतिहासको सम्झना स्वरुप मनाउने गर्छन् ।

दसैँ कतिपय लिम्बुहरुले करिब–करिब मनाउन छोडिसके । जसको घरमा हिजो गोर्खालीले दिएका नगरा निशानहरु छन्, जो सुब्बा थिए, उनीहरुले निरन्तर रुपमा दसैँ मनाइरहेका छन्, जसलाई राज्यले सुबाङ्गी अमालीको अधिकार दिएको थियो, उनीहरुले अहिलेसम्म मार हान्ने, दसैँ मनाउने गरिरहेका छन् । घटस्थापनाको दिनमा जमरा राख्ने गरिन्छ । नौरथा लागेदेखि नै सुब्बाहरुले नगरा बजाउँछन् ।

इतिहासमा अध्येता एवं लालीगुराँस नगरपालिका (तेह्रथुम) का मेयर अर्जुनबाबु माबुहाङका अनुसार गोर्खालीले लिम्बुवान जितिसकेपछि लिम्बुहरुसँग एउटा सम्झौता भयो, सम्झौता अनुसार केन्द्रमा शासन गोर्खालीहरुको भयो, स्थानीय शासकहरुमा सुब्बाहरुलाई राखियो, उनीहरुलाई ढाल, तरबार, बन्दुक दिई लडाईंका लागि तयार पारे । त्यसैले सुब्बाङ्गी शासन (किपट प्रथा) एउटा साझेदारी शासन थियो ।

लिम्बुहरुले फूलपाती ल्याएर बढाईं गर्ने गरेको उनलाई अहिलेसम्म थाहा छैन, नवमीको दिनमा गोर्खालीले दिएको नगरा निशान जे जति छन्, त्यो सबै बाहिर निकाल्छन् र पूजा गर्छन् । दुर्गा भवानीको स्तुती गाइन्छ । मालश्री गाउँछन् । दशमीको दिनमा टीका लगाइन्छ । सुब्बालाई त्यतिबेला मान्नुपर्ने प्रचलन थियो । माबुहाङ भन्छन्, ‘जस्तोसुकै मै हुँ भन्ने बाहुन, क्षेत्रीले दहीको ठेका इत्यादि लिएर सुब्बा मान्न आउनुपर्दथ्यो र सुब्बाले टीका लगाइदिनु पर्दथ्यो । सुब्बालाई बाहुनले मान्नु भनेको स्थानीय शासकलाई मान्नु हो नि त ।’

उनका अनुसार त्यतिबेला क्षत्री, बाहुनभन्दा लिम्बुको दसैँ थोरै अलग के थियो भने, विवाह भएपछि पहिलो पटक दसैँको टीका लगाउन जाँदा ज्वाईंले सुँगुर लिएर जानुपर्दथ्यो, आन्द्रा भुँडी सबै निकालेर, खुट्टा बाँधेर, सयपत्री अथवा फूलको थुङ्गो खुट्टामा र मुखमा राखेर लानुपर्दथ्यो र ससुरालाई टीका दस्तुर बुझाइन्थ्यो । सामान्य रुपमा अझै केहीले यो परम्परा मान्दै आए पनि अहिले खासै प्रचलनमा छैन ।

लिम्बुहरुको संस्कृतिले साझेदारी नेतृत्वको शासनलाई वैधता दिएको थियो । लिम्बुहरुले दसैँ मान्नु भनेको शासनसँग पनि सम्बन्धित थियो । तर, अहिले धेरै लिम्बुहरुले दसैँ मान्दैनन् ।

माबुहाङ भन्छन्, ‘बहुदल आएपछि गोरेबहादुर खपाङ्गीको कुरा आयो । उनले दसैँ नमान्ने अभियान ल्याए, त्यसपछि माओवादीको जनयुद्धले पनि दसैँ खाइदियो । जनयुद्धले संस्कार, संस्कृति त सबै मरे नि त । कम्युनिष्टले धर्म मान्दैनन्, संस्कार र संस्कृति कम्युनिष्टले मान्दैनन् भन्ने गर्दथे । पहिले दसैँ भनेपछि नयाँ लगाउने, मिठो खाने भन्ने हुन्थ्यो, आजकाल त्यस्तो रहर खासै कसैलाई हुँदैन । दिनदिनै मिठो खाइरहेकै छन्, राम्रो लगाइरहेकै छन्, त्यसैले पनि दसैँको महत्व पछिल्ला दिनमा खासै छैन ।’

माबुहाङ भने दसैँलाई पूर्खा र गोर्खाली शासकहरुको साझेदारी अवशेषका रुपमा लिन्छन् । उनका अनुसार सुब्बाहरुले यसलाई पुरानो इतिहासको सम्झना स्वरुप मनाउने गर्छन् ।

बिहिबार, २८ असोज, २०७८, बिहानको १०:२० बजे

सम्बन्धित खवर