इलाममा काग सम्मेलन

इलाम/  काग तिहारको अवसर कलाकार रमेश दुलालद्वारा आयोजित काग सम्मेलन इलाममा सम्पन्न भयो । राष्ट्रिय सङ्गीतकर्मी सङ्घका उपाध्यक्ष समेत रहनुभएको उनले कागको आवाज निकालेर काग सम्मेलन गरेका हुन् ।

सो अवसरमा उहाँले कोरोना सङ्क्रमितको निः शुल्क उपचार गर्न सरकारलाई दबाव दिन काग सम्मेलन आयोजना गरेको जानकारी दिए । विभिन्न जनावार, चराचुरुङ्गि तथा विभिन्न वाद्यवाधनको आवाज निकाल्ने कलाकार दुलालले इलाम चोक बजार र बजार नजिकै रहेको माइस्थान मन्दिरमा कागको आवाज निकालेर काग सम्मेलन सम्मन्न गरेका थिए ।

काग तिहारको अवसर पारेर विगत १६ वर्षदेखि उनले काठमाडौँमा सङ्घको आयोजनामा सम्मेलन गर्दै आउनु भएको थियो । यस वर्ष आफ्नै जिल्लामा काग सम्मेलन गर्न पाएकोमा उनले खुशी व्यक्त गरे।

जीव, जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न खप्पिस इलाम नगरपालिका २ का दुलाल ‘कागे’ उपनामले समेत परिचित हुन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।

कलाकार दुलालले कागलाई बोलाउने मात्र हैन आफ्नै आवाज मार्फत कागलाई धपाउने, बस्ने लगायतका क्रियाकलाप गर्न सकिने बताए । उनले इलाममा राष्ट्रिय लोक साँस्कृतिक संघ तथा दुलाल बन्धु सेवा समिति इलामले काग सम्मेलनको आयोजना गरेको हो ।

शनिबार, २९ कार्तिक, २०७७, बिहानको ०८:३२ बजे

सम्बन्धित खवर