थ्रेसरमा च्यापिँदा झापामा एक महिलाको घटनास्थलमै मृत्यु

झापा कार्तिक २९ / धान पेल्ने थ्रेसरमा च्यापिँदा झापामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानी बस्ने ४८ वर्षीया लीला चापागाईँ रहेकी प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान ८ बजेतिर चलिरहेको थ्रेसरमा ती महिला परेकी थिइन् ।

प्रहरीका अनुसार सुरुमा महिलाको कपडा र कपाल तानेपछि थ्रेसरले उनको शरीरलाई पनि भित्रै तानेको थियो । घटनापछि इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली घटनास्थल पुगेको र पोष्टमाटमको प्रक्रिया अगाडी बढाएको जानकारी दिएको छ ।

 

 

शनिबार, २९ कार्तिक, २०७७, साँझको ०५:०६ बजे

सम्बन्धित खवर