पुर्वाञ्चल गोल्डकप सकिएपछी आयोजकको तर्फबाट गौरीमान राइको यो मार्मीक धन्यवाद

धन्यवाद ज्ञापन,

नेपाली खेलकुद जगतको विकाशको निम्ति र यसलाई थप उचाइमा पुर्याउने लक्षका साथ् डोमालाल राजवंशी रंगशाला विर्तामोडमा आयोजना गरिएको अन्नपुर्ण हाम्रो पुर्वान्चल अन्तरास्ट्रिय गोल्डकप(२०७६ सोमबार सम्पन्न भएको छ ।
१२ लाख पचास हजार नगद, मेडल, ट्रफी र प्रमाण पत्र प्रथम पुरस्कार रहेको गोल्डकपको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लवले हात पार्न सफल भएकोछ । त्यस्तै ६ लाख पच्चीस हजार नगद, मेडल, ट्रफी र प्रमाण पत्र सहित उपविजेताको उपाधि चर्च व्याइज काठमान्डौले हात पारेकोछ । जायोंन सपोर्ट क्लव विर्तामोडले आयोजना गरेको गोल्डकपको फाइनल खेल प्रदेश नम्बर १ का मुख्य मन्त्रि माननीय शेरधन राई ज्युको प्रमुख आतिथ्य संगै प्रदेश माननीय ज्युहरु, विर्तामोडका नगर लगायत विभिन्न नगर तथा गाउपलिकाको प्रमुख संगै जिल्लाका संम्पुर्ण विशिस्ठ व्यक्तित्वहरुको उपस्थितिमा उत्साह पूर्ण तवरले सम्पन्न भएको थियो।
विदेशी टिम सहित १० वटा चर्चित राष्ट्रिय टिमहरुको सहभागितामा सम्पन्न भएको यस गोल्डकप आफैमा एक ऐतिहासिक कदम समेत रहेको थियो । विविध चुनौतिको वावजुत पनि सफल ढंगले सम्पन्न भएको यस गोल्डकपलाई मुख्य प्रयोजन गर्नु हुने अन्नपुर्ण बचत तथा रिण सहकारी सस्था विर्तामोड र सह प्रयोजक कुरुम्बाङ्ग होलो ब्लक उद्द्योग झापा लगायत आर्थिक ,नैतिक र भौतिक सहयोग गर्नुहुने तमाम संघ सस्था र सहयोगी हातहरु प्रति हार्दीक(हार्दीक आभार तथा धन्यवाद प्रकट गर्दछु । हरेक समय हामीलाई अभिभावकत्व को भूमिका निर्वाह गरिदिनुहुने फुटबलका दुइ हस्ती आदरणीय भगिरथ आले (मामा) र जलकुमार गुरुङ ज्यु प्रति सर्वप्रथम आभार प्रकट गर्दछु। समाचार सम्प्रेसण गरि यसको व्यापकतालाई फराकिलो बनाउनुमा कुनै कसुर नराखी अहोरात्र खट्नुहुने तमाम पत्रकार साथीहरुलाई हृदय बाट धन्यवाद दिन चाहन्छु । गोल्डकप अवधिभर पूर्ण सुरक्षा प्रदान गरि सहयोग पुर्याउनुहुने सुरक्षा कर्मी साथीहरु त्यस्तै सेभेन स्टार सेक्युरिटी कम्पनि विर्तामोडलाइ पनि हार्दिक धन्यवाद दिन चाहन्छु । त्यस्तै आवस्यक सयंम सेवक उपलब्ध गराउदै आर्थिक तथा विविध पक्ष बाट सहयोग गर्नुहुने नगर खेलकुद विकाश समिति परिवार विर्तामोड प्रति कृतज्ञता प्रदान गर्दै सयंम सेवक साथीहरु जसले गोल्डकप प्रति आफ्नो अपनत्व महसुस गरि पूर्ण वफदारिका साथ् भूमिका निर्वाह गर्नु भयो उहाहरुलाई र विशेष गरि दुर्गाराज निरौला ( दुर्गा गुरु) जसले सम्पूर्ण भोलेण्टियरिङ्को गाइड मात्र होइन हरेक समयको स्टेज कार्यक्रममा मलाई साथ दिनु भयो उहालाई मुरी मुरी धन्यवाद दिन चाहान्छु । त्यस्तै खासगरी नेपाली खेल जगत प्रतिको लगाभ र फुटबल खेललाई माया गरि आफ्नो महत्वपुर्ण समयको वावजुत पनि उपस्तित भईदिनु हुने सम्पूर्ण अतिथि गण र दर्सक महानुभाव प्रति हृदय बाटनै धन्यवाद भन्न चाहन्छु । यो महान लक्ष्य रहेको अभियानमा हाम्रो कमि कमजोरीहरु प्रशस्ति हुन सक्छन, विविध पक्ष्य र धेरै व्यक्ति व्यक्तित्व हरुसग समन्वय गर्न सकिएन यसको निम्ति म मेरो व्यक्तिगत र आयोजकको तर्फबाट क्षमा प्रार्थीछु साथै आगामी दिनमा तपाइहरुको सल्लाह सुझावको साथमा सुधार गरेर लाने प्रतिवद्दता गर्दछु ।
अन्त्यमा म संगै निरन्तर अहोरात्र खट्नु भएका क्लव तथा आयोजक समितिका मेरा सम्पूर्ण साथीहरु प्रति पनि हामि सबै जना सफल भएकोमा बधाई ज्ञापन गर्दै आभार समेत प्रकट गर्दछु ।
गौरिमान राई
हाम्रो पुर्वान्चल अन्तरास्ट्रिय गोल्डकप(२०७६)
आयोजक समिति सदस्य ।

बिहिबार, २८ कार्तिक, २०७६, बिहानको ११:२५ बजे

सम्बन्धित खवर