सताक्षीधामको बिकासमा प्रदेश सरकारले सहयोग गर्ने

 

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित महाभारत कालिन इतिहाससँग जोडिएको धार्मिक तथा पर्यटकीय सताक्षीधाममा पहिलो पटक गौ संरक्षणका लागि १०८ कुण्डको कोटीहोम आयोजना गरिएको गरीएको छ । ।बुधबारबाट आयोजित उक्त कोटीहोमको उद्घाटन समारोहलाई सम्ंबोधन गर्दै १ न प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले सताक्षी क्षेत्रकोे विकासका लागि आवस्यक बजेट प्रदेश सरकारले उपलब्ध गराउने बताए । पर्यटन भ्रमण बर्ष २०२० सँग जोड्दै यस क्षेत्रलाईपनि महत्वपूर्ण धार्मिक पर्यटकीय केन्द्रको विकास गर्न सिबसताक्षीबाट होक्लबारीसम्मको सडकलाई साढे २४ किमि ३५ करोड ५० लाख बजेट बिनियोजन गरि ठेक्का प्रकृयामा जान लागेको समेत उनले बताए । धार्मिक पर्यटकीय क्षेत्रको प्रबद्र्धनका लागि प्रदेश सरकारले यस सताक्षीधामलाई कुनैपनि अभाव हुन नदिने उनले प्रतिबद्धता समेत जनाए । उद्घाटन समारोहमा आगन्तुक सम्पूर्ण धर्मअनुरागी भक्तजन, बिशिष्ट ब्याक्तित्व लगायतलाई स्वागत मन्तब्य राख्दै शिबसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले महोत्सबले सबैलाई एकै सुत्रमा बाधेको बताए । यस्तै महोत्सबको औचित्यमाथि प्रकाश पार्दै गोलोक गोबद्र्धन गौशालाका संरक्षक श्री आचार्य नन्दकिशोर भारद्धाजले गौ शंरक्षणका लागि यो कार्यक्रमको आयोजना गरिएको बताए । उनले आफुले बाटोमात्र देखाएको बताउदै उहाले यसलाई निरन्तरता दिने दायित्व सबैको भएको धारणा राखे । यस्तै उनले समय समयमा आयोजना गरिने यज्ञले प्रकृती पर्यावरणमा समेत सघाउ पुग्ने बताए । त्यसै महोत्सव आयोजक समिति संयोजक समेत रहेका जिल्ला समन्वय समिती झापाका सभापति सोम पोर्तेलले झापामा धेरै पर्यटकीय स्थलहरु रहेको तर पर्याप्त प्रचारप्रसारको अभाव भएको स्विकार गर्दै प्रचारको अभावले धार्मिक पर्यटक भित्रर्याउन नसकेको बताए । झापामा रहेका अन्य रमणीय धार्मिक पर्यटकीय क्षेत्रका बारेमापनि प्रचार गर्न यो महोत्सब फलदायी हुने उनको भनाइ थियो । उद्घाटन समारोह अघि धाम परिसरबाट कलश सोभायात्रा गरिएको थियो । सताक्षीधामबाट सुरु कलश यात्रा पबित्र तिर्थस्थल कन्काई माईबाट दोमुखा पुगेर कोटिहोम हुदै अर्जुनधारा पुगेको थियो । अर्जुनधाराबाट कलशमा जल भरेर पुन धार्मिक महोत्सबस्थल सताक्षीधाम आएर कलश यात्रामा सहभागीहरु उद्घाटन समारोहमा सहभागी भएका थिए । कोटीहोममा नेपाललगायत विश्वका ५५१ जना ब्राह्मणले दैनिक होम गर्ने आयोजकले जनाएको छ ।

बिहिबार, २८ कार्तिक, २०७६, दिउँसोको १२:२४ बजे

सम्बन्धित खवर