देउवाले कटाए १५०० मत

  २८ मंसिर, काठमाडौं / नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ ।
राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ३२८२ मत गणना भएको छ, जसमा देउवाले १५०० मत कटाएका छन् ।
उनले १५५६ मत पाउँदा अर्का उम्मेदवार शेखर कोइरालाले ११९७ मत पाएका छन् । प्रकाशमान सिंहले २५७ र विमलेन्द्र निधिले २०१० मत पाउँदा कल्याण गुरुङले १७ मत पाएका छन् ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।

कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

मङ्गलबार, २८ मंसिर, २०७८, बिहानको ०८:२० बजे

सम्बन्धित खवर