विश्वभर एकै दिन ३० लाखभन्दा बढी संक्रमित थपिए

  ७ हजारको मृत्यु, ११ लाख निको

१ माघ, काठमाडौँ / विश्वभर एक दिनमा ३० लाख ३९ हजार कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ६ लाख ९४ हजार, फ्रान्समा ३ लाख २९ हजार, इटलीमा एक ८६ हजार, स्पेनमा एक लाख ६२ हजार, अर्जेन्टिमा एक लाख ३९ हजार, ब्राजिलमा एक लाख ११ हजार र बेलायतमा ९९ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
यही अवधिमा ११ लाख २४ हजारभन्दा धेरै निको भएका छन् भने ७ हजार ३४३ संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अमेरिकामा एक हजार ८८३, रुसमा ७३९, इटलीमा ३६०, बेलायतमा २७०, ब्राजिल २३८ जर्मनीमा २३२, फ्रान्समा १९१, टर्कीमा १६७ र स्पेनमा १३९ जना छन् ।

शनिबार, ०१ माघ, २०७८, बिहानको ०८:१९ बजे

सम्बन्धित खवर