नेताहरुले आफ्नो वडा नबनाए सम्म पार्टी बन्दैन – अध्यक्ष चाम्लिङ

दमक/  समाजवादी पार्टी प्रदेश नम्बर १ का अध्यक्ष प्रवीण चाम्लिङले पार्टी निमार्ण गर्न नेताहरुले पहिले आफ्नो वडामा समिति गठन गर्नु पर्ने बताएका छन । गत सनिवार मोरङ जिल्लाको बिसु अभियान उद्घघाटन कार्यक्रममा बोल्दै चाम्लिङले पार्टीलाई बलियो बनाउन केन्द्र, प्रदेश र स्थानीय तहका नेताहरुले सबै भन्दा पहिले आफ्नो वडामा पार्टी सुदृढ गर्न लाग्नुपर्ने बताएका हुन ।

शनिबार बिराटनगरमा पार्टीको मोरङ जिल्लास्तरीय विसु अभियान उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चाम्लिङले विसु अभियान पार्टी निर्माणको लागि ल्याइएको स्पष्ट पारे ।उनले प्रदेश पार्टीले तय गरेको जिल्लास्तरीय कार्यतालिका अनुसार जिल्ला र तल्लो तहहरुमा विसु अभियान कार्यक्रम सन्चालन गर्नुपर्ने निर्देशन दिँदै पार्टी दर्विलो बन्न सके मात्रै रणनीतिक रूपमा पार्टीले लिएको दश प्लस एकको पहिचानमा आधारित सङ्घीयता स्थापित गर्न सकिने दावी गरे । प्रदेश १ मा विभिन्न ३ वटा समूह नै निर्माण गरेर अभियान सफल पार्न आफूहरु लागिपरेको चाम्लिङले जानकारी दिए ।

शनिबार, ०३ फागुन, २०७६, दिउँसोको ०४:२४ बजे

सम्बन्धित खवर